छन्दहरुको संकलन

द्रुतविलम्बित - III , SII, SII, SII - न, भ, भ, भ -
प्रलय भो जलको जन आत्तिए ।
किन त कर्म यहाँ अति सुस्त भो
श्येनिका -
हुन्न है दिगो भुलेर देश यो
मात्र कण्टकै फुलेर देश यो
मणिमध्य -
छैन भिजको खेत यहाँ
पुग्न नसक्दा चेत यहाँ

पञ्झटिका -

प्रश्न
कुन रावणको बाहु छिनाऊँ।
कुन लङ्कामा अनल लगाऊँ।।
उत्तर
निज-रावणको बाहु छिनाऊ।
मन-लङ्कामा अनल लगाऊ।

छन्दमा कविता कसरी लेख्ने? (सिकारूहरूका लागि)
 F.B Post from pushpa acharya
१. सबैभन्दा पहिले लघु र गुरु वर्ण वा अक्षर कुनकुन हुन् भनेर चिन्ने ,जस्तैः
* क, ख, ग, घ, अ, इ , उ आदि साउँ अक्षर र ह्स्व उकार र इकार लागेका
  लघु हुन्छन् । 
* का, खा,खी, घू ,आ, दी, ए, कै ,ताै ,ताे अादि दीर्घ मात्रा वा अन्य मात्रा
   लागेका गुरू वर्ण हुन्छन्
* जुनसुकै छन्दमा पनि अन्तिम अक्षर लघु वा गुरू जे भए पनि त्यसलाई
  गुरु (दीर्घ) नै मानिन्छ ।
* आधा अक्षर अगाडिका अक्षरले तान्छ भने अघिल्लाे अक्षर ह्रस्व (लघु) भए पनि त्याे दीर्घ (गुरु) बन्दछ । जस्तैः कन्या शब्दमा क लघु भएतापनि न आधा अक्षरले कन् अक्षरलाई दीर्घ बनाउँछ ।
* वासविन्दु वा विसर्ग लागेको अक्षर पनि दीर्घ मानिन्छ जस्तै : अत: दु:ख
* शिरविन्दु लागेको पनि दीर्घ मानिन्छ जस्तै :- शंख ।संकोच ।संबन्ध ।संध्या
* क्ष त्र ज्ञ यिनी तीन संयुक्त वर्णभन्दा पहिला रहेको अक्षर पनि दीर्घ हुन्छ :-विज्ञ ।सत्र ।कक्षा ।आदि
>>>>>>>>>>>>>>>>>>>>>
कवि श्री Chandra Prasad Neupane को वालबाट साभार.....
छाँटकाँट मिलेकोलाई छन्द भनिन्छ, अनि रस, अल्ङ्कार, भाका, लय आदिको मिलान हो छन्द । साहित्यमा पाइने मिठास हो । छन्दका रचना राम्रा हुन्छन् । छाँटकाँट नमिले ‘छन्द न बन्द’को कुरा रहेछ भनिन्छ । आकाशले जस्तै सबैतिर ढाक्नु छन्दको अर्थ हो ।वर्णमात्रिक छन्दसम्बन्धी नेपाली भाषामा कति अक्षर छन् ? स्वर, वर्ण, उसका आधा अक्षर, उससँग मिलेका रेफकान कति छन् ? तत्सम्बन्धी पनि जानकारी राख्दा राम्रो हुन्छ ।
* स्वर वर्ण– अ आ इ ई उ ऊ ऋ ए ऐ ओ औ अं अः जम्मा १३ वर्ण ।
* व्यञ्जन वर्ण– क ख ग घ ङ च छ ज झ ञ ट ठ ड ढ ण त थ द ध न प फ ब भ म य र ल व श ष स ह क्ष त्र ज्ञ जम्मा ३६ वर्ण ।
व्यञ्जन वर्णका आधा अक्षर ‘ज्ञ’को आधा अक्षर छैन भने ‘र’ का चारवटा आधा अक्षर छन्, जसमा रेफअन्तर्गत दुईवटा छन् । जम्मा ३५ ।
* स्वरवर्णकै अर्को रूप, रेफकान– आकार (  ), इकार ( ि), ईकार ( ी ), उकार ( ु ), ऊकार ( ू ), ऋकार ( ृ ), एकार ( े ), ऐकार ( ै ), ओकार ( ो ), औकार ( ाै ), अंकार ( ं ) र अ (ः) कार (विसर्ग)– ( ः ) जम्मा १२ ।
एकलवर्ण– अ+उ+म् = ॐ र स्+र्+ई = श्री जम्मा २ वर्ण ।हलन्त ( ् ) १ । ‘र’ का रेफअन्तर्गत ः र्( ), ( « ) र ( ्र ) जम्मा ३ । चन्द्रविन्दु ( ँ ) १ गरी जम्मा १०३ वटा वर्णहरू नेपाली भाषामा लेखिन्छन् ।सूत्रवद्ध कविता लेख्दा उपर्युक्त वर्णहरूलाई ह्रस्व र दीर्घमा यसरी भाग लगाइएको छ।
* मात्रानुसार लघु÷गुरु वा ह्रस्व÷दीर्घ छुट्याउने तरिका ः कवितामा सूत्र चाहिन्छ । विनासूत्र कविता बनमा हराउन सक्ने व्यक्ति नै कवि हो । सूत्रवद्ध कविता कसरी लेख्ने ? आचार्य पिङ्गलले गणविभाजन गर्दा स्वर र व्यञ्जन वर्णहरूलाई दुई वर्गमा विभाजन गरेका छन्, ती हुन् लघु र गुरु । यसलाई नेपालीमा ह्रस्व र दीर्घ भनिन्छ । ह्रस्व एक मात्रा हुने अक्षर हो भने दीर्घ द्विमात्रा हुनेअक्षर हो।आचार्य पिङ्गलकाअनुसार ह्रस्वलाई (।) र दीर्घलाई (ऽ) ले सङ्केतगरिन्छ।
* ह्रस्व (एकमात्रिक) अक्षरहरूः— अ, इ, उ, ऋ स्वर र उसित जोडिएका सबै व्यञ्जन अक्षररू जस्तै क, ख, ग.. हसम्म, कि, खि.. हिसम्म, कु, खु, गु ..हुसम्म ऋकार ऋ, कृ, खृ, गृ.... हृसम्म, चन्द्रविन्दु ( ँ ) आदि । त्यस्तै भन्यो, ग¥यो जस्ता शब्दहरूमा ‘भ’ र ‘ग’ ले आधा अक्षर तान्दैनन् र उनीहरू आफैँं स्वतन्त्र भएकाले ह्रस्व मानिन्छन् ।
* दीर्घ (द्विमात्रिक) अक्षरहरूः— आ, ई, ऊ, ए, ऐ, ओ, औ, अं अः स्वर र तिनीहरूसंग जोडिएका सबै व्यञ्जन अक्षरहरू जस्तोः— का, की, कू, के, कै, को, कौ, कं, कः आदि । आधा अक्षर तान्ने जस्तोः– अन्न, क्षपूर्व जस्तो ः– शिक्षा, ज्ञपूर्व जस्तो ः— विज्ञ, रेफ लाग्ने जस्तोः— पर्व आदि । माथिका अ, शि, वि, प ले आफू अगाडिको अर्को अक्षर तान्ने हुनाले ह्रस्व नभएर दीर्घ हुन गएका हुन् । एकल वर्ण ॐ र श्री पनि दीर्घ अक्षर हुन् ।
* छन्दमा वा सूत्रवद्ध कविता बनाउँदा गणको प्रयोग गर्नुपर्दछ । आचार्य पिङ्गलले सजिलोसँग छन्दमा कविता बनाउन गणहरूको निर्धारण गरेका छन् । गणहरू जम्मा आठवटा छन् । तीन–तीन अक्षरको एक गण हुन्छ । ‘यमाताराजभानसलगा’को पिङ्गलसूत्रबाट शुरुको अक्षरबाट तीन तीन अक्षर लिंदै जाँदा गणहरू बन्छन् । (धन्यवाद कवि चन्द्रप्रसाद न्याैपाने ज्यू)
२. लघु अक्षरलाई ( I) र गुरू अक्षरलाई ( S ) सङ्केतले जनाइन्छ । तल छन्दकाे मुख्य सुत्र र सङ्केत दिइएकाे छ ।
।  ऽ   ऽ  ऽ ।   ऽ  ।  । ।  ऽ
य मा ता रा ज भा न स ल गा
३. प्रत्येक तीन अक्षरकाे समूहलाई गण भनिन्छ । गणहरू ८ वटा छन् ।
  गण , चिह्न र उदाहरण
यगण (य) ।ऽऽ भकारी                       मगण (मा) ऽऽऽ चाैतारी
तगण (ता) ऽऽ। इस्लाम                      रगण (रा) ऽ।ऽ पाेखरा
जगण (ज) ।ऽ। पहाड                        भगण (भा) ऽ।। दानव
नगण (न) ।।। कलम                         सगण (स) ।।ऽ कमला
>>>>>>>>>>>>>>>>>>>>>
४. अब प्रत्येक छन्द कुनकुन गणकाे प्रयाेग गरेर लेखिन्छ भन्ने हरेक छन्दका आआफ्नै सूत्रहरू छन् । जस्तै
क) शार्दूलविक्रीडित छन्द - म स ज स त त गुरु    SSS IIS ISI IIS SSI SSI S
ख) भुजङ्गप्रयात छन्द - य य य य  ISS ISS ISS ISS
ग) ताेटक छन्द - स स स स    IIS IIS IIS IIS
>>>>>>>>>>>>>>>>>>>>>
५. अब यिनै गण अनुसार आफूले लेख्न चाहेकाे छन्दकाे गणहरू अनुसारका अक्षर, वर्ण मिलाउँदै शब्दहरू अर्थ र भाव आउने गरी विषयकाे शिलशिला मिलाएर लेख्न सकिन्छ ।
>>>>>>>>>>>>>>>>>>>>
६. केही नमूनाहरू
१. छन्द -शार्दुलविक्रीडित
    म स ज स त त गुरु 
   SSS IIS ISI IIS SSI SSI S
कन्यादान भयाे थिए दुईजना भाेका भगत् धर्मका
पानीदार विहा गरेर अँजुली जाेडी दिए कर्मका
त्याे सम्बन्ध चसक्क हुन्छ मुटुमा काँडा र गाँठाे बनी
मुर्दाझैं विचरी म-याै अब बरी वैधब्य भाे जीवनी ।
– महाकवि लक्ष्मीप्रसाद देवकाेटा
............
सीता गाैतम बुद्धले टुकुटुकू गर्दै हिँडेकाे स्थल
पानी हैन शहीदकाे रगत हाे नारायणीकाे जल
हुत्याएर बगाउँदै पर लगाेस् सद्भावकाे छाल याे
माटाेमा पसिना मुछेर म भनूँ प्याराे छ नेपाल याे ।
– कवि श्री मनाेज भण्डारी Manoj Bhandari
..............
थुम्की, पर्वत, लेक, भीर-पहरा, खाेल्सी र घाटीहरू
नागी, खर्क, सपाट फाँट, छहरा, गुम्बा र पाटीहरू
बेंसी, बालुन, गाेठ, खाेर, टहरा, याक्सा र अाँटीहरू
हाम्रा वैभव पाजली र लहरा हुन् चैत्य, ठाँटीहरू
– कवि श्री Akn Gogane
........................................................
२. छन्द - भुजङ्गप्रयात
ISS ISS ISS ISS
दिई दर्द झन् सर्प डस्दैछ ऐले
छिमेकी बिना शर्म पस्दैछ ऐले
हिजो दूध छाली पिएको बिरालो
थियो मस्त त्यो किन्तु फस्दैछ ऐले
– कवि श्री साेम निराैला
................
म ठूलो तँ सानो नठानौं न मान्छे
म पाथी तँ मानो नठानौं न मान्छे !
उही ठाउँ बस्दा घटाई चिनारी
म मुट्ठी तँ दानो नठानौँ न मान्छे !
– कवि श्री जयदेव गाेविन्द अाचार्य
.................
न मेरा न तिम्रा , बचेरा चराका ।
उडे भुर्र यी सम्पती हुन् धराका ।।
नरोक्नू नछेक्नू , जहाँ जान सक्छ्न्
जसै स्वप्न साँच्दै , उडे अप्सराका ।
– कवि श्री Bharat Acharya
......................................................
३.  छन्द – अनुष्टुप
(८ अक्षरकाे एक पाउ , जम्मा जम्मा चार पाउ, दुइ हरफमा समेटेर लेख्दा यसमा १६ अक्षरकाे एक हरफ हुने , प्रत्येक पाउमा ५ औं अक्षर लघु र पहिलो र तेस्रो पाउको सातौं अक्षर दीर्घ (गुरु) र दाेस्राे र चाैथाे पाउकाे साताैं अक्षर ह्रस्व (लघु) हुन्छ ।
अनुष्टुप्मा धेरै भेद छन् X भएका ठाउँमा सधैं सबैखाले वर्ण राख्न मिल्दैन।प्रवाह नबिग्रिने गरी ह्रस्व लेखेको ह्रस्व र दीर्घ लेखेको दीर्घ वाचित हुने गरी लेख्नु पर्छ।दोस्रो चौथो पाउमा चाहिं ५६७८ ल ग ल ग हुनै पर्छ।
पहिलाे पाउ    XXXXISSX     दाेस्रेा पाउ     XXXXISIX
तेस्राे पाउ       XXXXISSX     चाैथाे पाउ     XXXXISIX
(यहाँ x ले ह्रस्व वा दीर्घ जुन अक्षर राखे पनि हुन्छ भन्ने सङ्केत गरिएकाे)
देश छैन पिता छैन माता छैन न मित्र छन्
न बधु छन् न स्वास्नी छन् न कतै घरवार छन्
मुठी बाँधी यहाँ अायाे मुठी खाेलेर जानु छ
न छन् मुकुन्दका काेही न कसैकाे मुकुन्द छ ।
– कवि श्री बालकृष्ण सम
=======
रोटीबेटी भनी हिँड्ने नाकाबन्दी गराउने
खुर्दलोटनमा बाँध बाँधी बुद्ध डुबाउने
बुद्धभूमि यहाँ भन्ने हैन भन्ने कहीँ कहीँ
‘इमान नामकी चीज है कि थोडा बचा नहीँ ?’
– कवि श्री Devi Nepal
.........................................................
४. छन्द –  मन्दाक्रान्ता   म भ न त त गुरु गुरु
SSS SII III SSI SSI S S
............................................................
यै माटोमा टुकुटुकु हिडी बुद्धले ज्ञान बाँडे
माटो चुम्दै सहिदहरुले ढुक्क भै प्राण छाडे ।
माटो बाँचोस् भनिकन लडे वीर पुर्खा नहारी
ए मान्छे हो नगर झगडा एकता यो बिगारी ।।
– कवि श्री जीवन काश्यप  जीवन काश्यप
...........................................................
५. छन्द – जलधरमाला  SSSS IIII SSSS
बाबा आमा हितकर बोली भन्छन्
साना नानी अहित भनेझैं ठान्छन्
आफूलाई जुन जुन राम्रो लाग्छ
त्यस्तै सुन्ने मन त सबैको हुन्छ ।।
– कवि श्री Ramesh Khakurel
..........................................................
६. छन्द – कुसुमविचित्रा ( ६ अक्षरमा विश्राम )
न  य  न  य
III ISS  III ISS   
बुझ न मधेसी मुलुक नभाँड
रिपुसँग मिल्दै ह्रदय नफाँड
जमिन यही हो जससँग खेल्यौ
पवन यही हो सर सर फेर्यौ
– कवि श्री साेम निराैला
.......................................................
७. छन्द – शिखरिणी   य म न स भ ल गु
      ISS SSS III IIS SII I S
छ धर्तीमा शोभा अनुपम कतै प्रस्ट छ तर
कतै लुक्छन् भित्रै प्रकटित नभै चित्र लहर ।
कहाँ रित्तो हुन्थ्यो प्रकृतिभरिको जीवन रस
टिके हुन्थ्यो धेरै विविध रङको इन्द्र धनुष ।।
– कवि श्री वासुदेव पाण्डेBasudev Pandey
.......................................................
८. छन्द – अलोला (७/७ अक्षरमा विश्राम )  म स म भ गुरु गुरु
ऽऽऽ ।।ऽ ऽऽऽ ऽ।। ऽ ऽ
तारा सुन्दर चम्कून् धर्ती उज्ज्वल होऊन् ।
नेपाली मन मैलो वर्षाले सरि धोऊन् ।।
सारा विकृति जे छन् आजैबाट हटाऊँ ।
आफ्नै गाैरवगाथा पुर्ख्याैली सब गाऊँ ।।
– कवि श्री नारद गाैतम Narad Gautam
........................................................
९. छन्द – विद्युन्माला  म म गुरु गुरु
SSS SSS SS
छारो हानी तर्साएर
कालो छाया बर्साएर
डग्ने छैनौ सम्झी राख
खान्छौं हामी फर्साएर
– कवि श्री साेम निराैला 
..........................................................
१०. छन्द – स्रग्विणी
SIS SIS SIS SIS
दौडिए जिन्दगी साँझमा रातमा
नित्यको खोजमा दालमा भातमा।
बेचिए कत्ति निर्दोष चेलीहरू
छन् पजेराहरू नाङ्गिदै मातमा ।
– कवि श्री शान्ति सापकोटा
...........................................................
११. छन्द – उपजाति
Xऽ। ऽऽ। ।ऽ। ऽऽ
टुटेर नै बादल झार्छ पानी
फुटेर नै पत्थर बन्छ खानी
फुट्यो भने बीज उमार्छ बोट
फुट्दा नठानौ सब हुन्छ खोट ।
– पुष्प अाचार्य
............................................................
छन्दमा उपजाति
कुनै दुई छन्दका पाउहरू मिलाएर बनाएको छन्दलाई उपजाति भनिन्छ।यसमा यतिवटा पाउ यसको भन्ने नियम छैन।सबभन्दा बढी चलेको इन्द्रवज्रा र उपेन्द्रवज्राको उपजाति हुन्छ र धेरैले उपजाति भन्नासाथ यही मात्र सोच्तछन्।यी दुई छन्दमा वर्णसङ्ख्या बराबर हुने र अघिल्लो यौटा अक्षर लघु गरे उपेन्द्रवज्रा र दीर्घ गरे इन्द्रवज्रा हुन्छ।वाचन गर्दा पनि खास फरक पर्दैन।यस बाहेक वंशस्थ र इन्द्रवंशा छन्दको पनि उपजाति धेरै चलेको छ।यसमा पनि पहिलो अक्षर लघु राखे वंशस्थ र गुरु राखे इन्द्रवंशा हुन्छ।जस्तैः-
म पारखी भै रसको र रङ्गको
सन्देश बोकेर हिंडें अनङ्गको
लगाउँछौ प्रीत यहाँ मसङ्ग को
भन्दै चल्यो गुञ्जन गान भृङ्गको ।।
* यति मात्र नभएर अरू पनि धेरै छन्दहरूको उपजाति बनाउन सकिन्छ।मैले संस्कृतमा तीन
  अक्षर फरक भए पनि मन्दाक्रान्ता र स्रग्धराको उपजाति पनि देखेको छु।
– कवि श्री रमेश खकुरेल Ramesh Khakurel
..........................................................
१२. छन्द – विद्युल्लेखा
६ अक्षरको पाउ र ४ पाउको श्लोक हुने यस छन्दमा पनि विद्युन्मालामा जस्तै सबै अक्षर दीर्घै दीर्घ हुन्छन्।
छैनन् मान्छेवादी
कोही माओवादी
कोही खाओवादी
छैनन् मान्छेवादी
छैनन् भान्छेवादी ।।
– कवि श्री रमेश खकुरेल
........................................................
१३. छन्द – प्रमाणिका
ISI SIS IS
म माझ प्रेमको चरो
कराउँदैछ सुस्तरी
नहान वाँड यस्तरी
उ रुन्छ घाइते परी
विशाल नेत्र ती ठूला
खुलेर निल्नखोज्दछन्
म डुव्छु त्यो तलाउमा
लगाउ पार सुन्दरी।
– कवि श्री रामशरण न्याैपाने Ramsharan Neupane
..........................................................
१४. छन्द – चम्पकमाला   भ म स गु
ऽ।। ऽऽऽ ।।ऽ ऽ
शङ्कर बाबा शङ्कर बाबा
दुःख निकै भो शङ्कर बाबा
दुष्टहरूले शासन गर्छन्
सज्जनलाई ताडन गर्छन् ।।
भन्न म जाने ठाउँ रहेन
के भनुँ बाँकी चीज रहेन
अन्त कसैले हाय सुनेन
आश छ तिम्रै सह्य भएन ।।
– कवि श्री रमेश खकुरेल
........................................................
१५. छन्द – इन्द्रवज्रा
ऽऽ। ऽऽ। ।ऽ। ऽऽ
भाषा टिके गौरव टिक्न सक्छ
पुस्ता नयाँले पनि सिक्न सक्छ ।।
साहित्य वा शास्त्र अमूल्य हुन्छन्
मान्छे त पैसा-सित बिक्न सक्छ ।।
– कवि श्री जयदेव गाेविन्द  जयदेव गोविन्द
.........................................................
१६.छन्द – श्री
 ऽ
आ: यो
के हो ?
– कवि श्री टेकनारायण रिमाल"कौशिक"  Take Narayan Rimal
.........................................................
१७. छन्द – स्वागता
र न भ गुरु गुरु
SIS III SII S S
अङ्ग-भङ्ग हुन गो गरिखाने
छैन चाहत उसै मरिजाने ।
भन्दथे जिजु सधैँ तर साने !
सत्यमेव जयते परिणामे ।।
– कवि श्री कृष्ण वस्तीKrishna Wasti
........................................................
१८. छन्द – रथोद्धता   र न र लघु गुरु
ऽ।ऽ ।।। ऽ।ऽ ।ऽ
भो भयो अब यता नफर्कनू
दुख्छ घाउ जल भै नदर्कनू
जे भयो नियति सम्झँदै बसूँ
टुट्छ चित्त अझ यो नझर्कनू ।।
– कवि श्री रामहरि शर्मा Ramhari Sharma
.........................................................
१९. छन्द – वियोगिनी
(१,३ स स ज गुरु / २,४ स भ र लघु गुरु
।।ऽ ।।ऽ ।ऽ। ऽ
।।ऽ ऽ।। ऽ।ऽ ।ऽ
तनमा कुन तत्व पो पस्यो ?
मनमा त्यो किन गै कता बस्यो?
धन दौलतको नशा चढ्यो
जनको जीवन लौ यसै बित्याे ।
– पुष्प अाचार्य
............................................................
२०. माथिकाे वियोगिनी छन्दको चारै पाउकाे अन्त्यमा एक गुरु थप्दा वसन्त मालिका छन्द बन्दछ । यसमा विजोर पाउमा एघार र जोर पाउमा वाह् अक्षर हुन्छन् । यो सगण सगण जगण दुई गुरु विषममा र सगण भगण रगण यगण सममा हुने वार्णिक छन्द हो ।
छन्द - वसन्त मालिका
।।ऽ ।।ऽ ।ऽ। ऽs
।।ऽ ऽ।। ऽ।ऽ ।ऽs
शवको कुन हुन्छ कामना नै ?
शवको के छ र भित्र भावना नै ?
शव मै छु भने जसो गरून् लौ !
म नबोलूँ बरु यी शिरा मरून् लौ !
– महाकवि लक्ष्मीप्रसाद देवकाेटा
.................................................
२१. छन्द – इन्दिरा
।।। ऽ।ऽ ऽ।ऽ ।ऽ
अब त माहुरी भुन्भुनाउँदै
गति बढाउँदै गुन्गुनाउँदै
सुन यहाँ नयाँ वर्ष हर्षको
नजिक नै उही आउँदैछ है।
मन त्यसै त्यसै व्यग्रतासँगै
जटिल रुपले कल्पिँदैछ है
छिनछिनै नयाँ हुन्छ जो सधैँ
मन रमाइलो पार्छ त्यै सबै ।।
– कवि श्री दिव्यचन्द्र अाचार्य
............................................................
२२. छन्द – रूपामाली
ऽऽऽ ऽऽऽ ऽऽऽ
हामी माली बालीनालीका
हामी फाली मेची कालीका
मर्यादा हैाँ भावी पुस्ताका
निर्माता हैाँ सीमा सुस्ताका ।
– कवि श्री भुवनहरि सिग्देल Bhuvan Sigdel
............................................................
आमा ! तिम्रो पीडा हर्नेछौं।
हाँसी नाची क्रीडा गर्नेछौ ।।
पढ्दै लेख्दै ज्ञानी बन्नेछौं।
प्यारा छोरा नानी बन्नेछौं।।
– कवि श्री  कृष्ण शरण उपाध्याय
...........................................................
२३. छन्द – उपेन्द्रवज्रा
।ऽ। ऽऽ, । ।ऽ। ऽऽ
उडेर आकास कहाँ चुमिन्छ
सुतेर घैटो कसरी भरिन्छ
मनुष्य आभाष बिना रमेर
मरेर स्वर्गै कसरी पुगिन्छ ।
– कवि श्री मुकेश रिजालMukesh Rijal
............................................................
२४. छन्द – शालिनी
ऽऽऽ ऽऽ। ऽऽ। ऽऽ
लामो यात्रा पार गर्दै म आए
सामुन्नेमा भैदिदा लौ रमाए
बाधा धेरै देखियो प्राण हाय
खस्दा ढिक्काआँशु सार्है डराए ।
– कवि श्री ऋषिराम खनाल Rishiram Khanal
............................................................
हामी तिम्रा मित्र भन्दै फकाए ।
गर्छौं हाम्रै काम भन्दै छकाए ।।
हाम्रा पीडा कष्टका भाव चोरी ।
साख्खे बन्दै देखिए काँध जोरी ।।
– कवि श्री टीका शर्मा  Tika Sharma
............................................................
२५. छन्द – मालती
III ISI ISI SIS
नयन कटाक्ष छुरा भनूँ कि के !
छमछम बज्छ चुरा भनूँ कि के !
चलपल त्यो नखरा हिंडाइको
अलि गहिरो छ कुरा भनूँ कि के !
– कवि श्री साेम निराैला
............................................................
२६. छन्द – द्रुतविलम्वित
।।। ऽ।। ऽ।। ऽ।ऽ
नयनभित्र नदी छ समुद्र छ।
तर मुहान उही छ-वि-चित्र छ।।
सकल भावहरू मनमा थिए।
नयनबाट बगे अनि रित्तिए।
– कवि श्री लक्ष्मण संगम Laxman Sangam
...........................................................
२७. छन्द – मणिमाला
SII SSS IIS
छन्द बगेको जो कविता,
सुन्न मजाको संगम हा।
बन्दछ त्यो सङ्गीत अनि,
सुन्नु सबैले मुग्ध बनी।
– कवि श्री इन्द्र अधिकारी Indra Adhikari
...........................................................
२८. छन्द – पञ्चचामर
ISI SIS  ISI SIS  ISI  S
बसेर देशको सधैँ गरेर हीत खातिर
मरेर लानु के छ यो अजम्बरी त को छ र
विदाइ दिन्छुु हातले विदाइ गर्छुु बातले
विदाइ भन्दियाँै सबै दिनै दिनै र रातले ।
– कवि श्री जीवन हरि शर्मा Jiwanhari Sharma
......
हिमाल शैल कन्दरा घुमी घुमी रमाउँला।
फुली गुलाबकी कली मुसुक्क हाँस्नपाउँला,
म जन्मिएर आउँला वसुन्धरा सजाउँला,
नमार हे बुबा मुमा गुराँस हेर्न आउँला।
– कवि श्री Kanakdhara Swami Swadeshanand
.........
हिजो अनेक चाहना पलाउँदा म भासिएँ
न भावना भए पुरा न मान्यमा म गासिएँ
न धर्म कर्ममा गयो विशाल बैँस मात्तियो
परै भएछ अाँगनी तरेर जान अात्तियो।।
– कवि श्री Hari Prasad Rimal
............................................................
२९. छन्द – अपराजिता
छल र वल गरी थुनीकन बाँधियो
डङ कि डङ पिटी अचेत बनाइयो
सुरुरुरु सुइरो उनीकन नाथियो
मृगपति त अझै उही स्वर गर्जियो ।।
– कवि श्री रमेश खकुरेल Ramesh Khakurel
.............................................................
३०. छन्द – वसन्ततिलका
ऽऽ। ऽ।। ।ऽ। ।ऽ। ऽऽ
रात्री गयो अब प्रभात भएर आयो
छायो सबैतिर प्रभा सविता उदायो।
निद्रा हटेर अबता अतिदूर जाओस्
श्रीसूर्यका किरणले जगजग्मगायो।
– कवि श्री नारायण निराैला Narayan Niraula
.............................................................
३१. छन्द – प्रीतिमाला
SSS ISI SSI ISI SII S
छाती बेस्सरी जलाई,जल नेत्रको सलाई
फ्याक्दै पासमा नआई,घरबाट दृष्टि लाई
– कवि श्री कवि बजगाई
..........................................................
३२. छन्द – मदिरा
 ऽ।। ऽ।। ऽ।। ऽ।। ऽ।। ऽ।। ऽ।। ऽ
ताल बन्यो मदिरा र कुवा पनि भो मदिरा भवसागर भो
सृष्टि जलामय भो मदिरा तब यो दुनियाँ पनि मातिदियो
ढल्पल छन् सबथोक यहाँ जति मातिदिए त्यति चक्करको
घुम्दछ फन्फन लोक छ होशविहीन अशान्त उसै हुन गो ।
– कवि श्री चन्द्रप्रसाद न्याैपाने Chandra Prasad Neupane
...........................................................
३३. छन्द – मेघविस्फूर्जिता
ISS SSS III IIS SIS SIS S
लुलाले सिर्जेका अनुपम मिठा, लेख "हावा" हुँदै छन्
बडाले खोकेका, अति विरसिला, शब्द "वा वा" हुँदैछन्
ठगाहा वा जाली, मुलुकभर नै, फैलिए तन्तु-जस्तै
कठै ! सोझा-सादा, परतिर पुगे, "जङ्गली जन्तु" जस्तै !
– कवि श्री जयदेव गोविन्द  जयदेव गोविन्द
...........................................................
३४. छन्द–वंशस्थ
ISI SSI ISI SIS
पियारको वन्धन पो खडाभयो
यहाँ तगारो मनको कडा भयो
विदेशिने भूत थियो वडारियो
स्वदेश नै अम्रितको घडाभयाे ।
– कवि श्री रामशरण न्याैपाने Ramsharan Neupane
............................................................
३५. छन्द –छन्द – प्रहर्षिणी (समवृत्त) ( ३, ८ र १३ अक्षरमा विश्राम)
SSS  III  ISI  SIS  S
बच्चाले कतिथरिका मजा लिँदैछन्
माटोमा लुटुपुटिँदै रमाउँदैछन् ।।
धर्तीमै सबसुख मिल्दछन् अवश्य
साना भैकन कसरी बुझे रहस्य ।।
– कवि श्री Divya Chandra Acharya
............................................................
३६. छन्द – मात्रिक
१४ मात्राकाे एक हरफ हुने यस छन्दमा दीर्घ मात्रा २ र ह्रस्व मात्रा १ गनिन्छ
म पनि रिले अनसनमा छु
खाएपछि हाजिर हुन्छु
भोक नलाग्दातक बस्छु
अर्को आउँछ अनि हिंड्छु ।।
– कवि श्री रमेश खकुरेल
......................................................
३७. छन्द – अार्या    (मात्रिक छन्द)
धन्य छ नारी जीवन, कसले बुझ्न सक्ला र तिम्रो मन
भित्र वेदना दन्दन , तर पनि बाहिर मुस्कुराउँदै छन् ।।
आफ्नै दुइटै आँखा ,जुन घोचे पनि आफैलाई दुख्ने
तर यौटा आँखाले , अर्कोलाई कसै गरी नदेख्ने ।।
– कवि श्री रमेश खकुरेल
.....................................................
३८. छन्द – प्रमिताक्षरा
IIS ISI IIS IIS.....
तर यार प्यार नगरी नहुने
उनको समीप नसरी नहुने
भव नै भयानक पियार बिना
सजिलो थिएन नलरी नहुने ।
– कवि श्री साेम निराैला
.......................................................
३९. छन्द – ताेटक
IIS IIS IIS IIS
सयमा कति छाै किन भन्नु पर्याे ?
अनुमान सही किन गन्नु पर्याे ?
नचिनी नबुझी कति छाै गहिराे,
सतही नहरै किन खन्नु पर्याे ?
– कवि श्री जीवराज बुढाथाेकी  Jeeva Raj Budhathoki
......................................................
अबता अति भाे,अति नै खति भो।
सबको मति लौ अति भ्रष्टभयाे।।
कति बस्नु हरे,गरि कान बुझाे।
अब पार लगाउन अाउ प्रभो।।
– कवि श्री काेशबल्लभ रेग्मी Koshballav Regmi
......................................................
४०. छन्द – पृथ्वी (समवृत्त)
अचम्म अति लाग्छ है किन शरीरका अङ्गमा
विभेद नहुने कठै अधर वा कनिष्ठाङ्गमा ।
परस्पर मिली सधैँ किन समष्टिकै चाहना
अनन्त यति छन् परन्तु अझ एकता भावना ।
– कवि श्री दिव्यचन्द्र अाचार्य
......................................................
४१. छन्द – दुर्मिला
जब यो युग नै अलमल्ल भयो, तब यो जग नै खलबल्ल भयो
रस चुस्छ सधैं भमरो र जुको, अनि फूल सुकी असरल्ल भयो
दिन पूर्ण नभै किन रात भयो, रवि छैन कि त्यो बिचरो नभमा ?
तल खान हुने जल छैन कतै, किन माथि घरै झलमल्ल भयो ।।
– कवि श्री जयदेव गाेविन्द
.......................................................
४२. छन्द – स्रग्धरा
SSS SIS SII III ISS ISS ISS
पाखामा खेतमा यी लहलह गहुँका पुष्ट बाली झुलार्इ
मान्छेको चेतलार्इ प्रकृतिलयसँगै दूर तान्दै डुलार्इ ।
डाँडामा कान्ति छर्दै मनुज हृदयमा भाव नौला फुरार्इ
आयो सङ्कल्प राम्रा दिन मन मनमा वर्ष यो मुस्कुरार्इ ।
– कवि श्री गिरिराज जोशी
........
हाम्रो यो वज्र छाती कठिन सङ निकै साधना झैं वनेको
आफ्नो ज्यादै लुलो त्यो मन विच कमलो ले धुरुक्कै रुवायो !
धोका धोका ! सधैं नै अरु सव खुस छन् !दुख्ख वोक्ने त हामी !
वाँझो धर्ती छ सुख्खा डढिकन पृथिवी सोझिने मात्र सोझो !
– कवि श्री चुडामणि रेग्मी
.............................................................
४३. छन्द – बिधाता
ISS SIS SSI SSS ISS S
उनी रानी म ता राजा बनेको त्यो कुरा आयो
सगै बाचौ मरौ हामी भनेको त्यो कुरा आयो ।
सुनाएका कथा टुक्का अझै ओठै भरीनै छन्
मुटूनै जोडने बाटो खनेको त्यो कुरा आयो
– कवि श्री इलामेली टिकाराम दुलाल  Ilameli Tikaram Dulal
l............................................................
४४. छन्द – मनिका (४ र ८ अक्षरमा विश्राम)
।।S, ।SS,।SS, S।S S
अझसम्म नेपालको, ढोका खुलेन ।
जनता त दुःखी अझै , सत्ते फुलेन।।
– कवि श्री महादेव अधिकारीMahadev Adhikari
..........................................................
४५. छन्द – हरिणी
।।। ।।ऽ ऽऽऽ ऽ।ऽ ।।ऽ ।ऽ
कुसुमदल ! फक्रेको उद्यानमा किन हो भन ?
भ्रमरकुल झुल्दै छन् माधुर्यको कविता लिन
हृदयवन यो मेरो आराम हो यसमा भुल
घुनुनुघुनु घुन्केरै भित्रै छ सत् त्यसमा डुल ।
– कवि श्री मुकुन्द शर्माMukunda Sharma
..........................................................
४६. छन्द – दिक्पाल
SSI SIS SSS ISI SS
थामेर हात तिम्रो,बाँचे म आज सम्म
पाएर साथ तिम्रो,बाँचे म आज सम्म
गर्छ्यौ अनन्त माया,विस्वासले भरेको
देखेर प्यार तिम्रो,बाँचे म आज सम्म ।
– कवि श्री काेमल भट्ट
...........................................................
४७. छन्द – चित्रपदा
अनुष्टुप् छन्दका अनेकौं भेदमध्ये यो भेद चित्रपदा हो।आठ अक्षरको पाउ र हरेक पाउमा दुई भ गण तथा दुई गुरु हुन्छन्।(चित्रपदा भौ गौ-पिङ्गल)
SII  SII  SS, SII  SII  SS
जान जतातिर जाऊ, यै घरमा मन लाऊ
देश रुने नगराऊ, जो सकिने श्रम लाऊ ।।
फूल सुकोमल हुन्छन्,स्नेह गरेर समाऊ
सुन्दरता नबिगारी, बास लिएर रमाऊ ।।
– कवि श्री रमेश खकुरेल
.............................................................
४८. छन्द – पुष्पिताग्रा
अर्धसमवृत्त (पहिलो पाउ र तेस्रो पाउमा १२ अक्षर र दोस्रो तथा चौथो पाउमा १३ अक्षर हुने)
पहिलो र तेस्रो न न र य तथा दोस्रो र चौथो न ज ज र गुरु हुन्छ।
जनन हुन समेत बाबु खोज्ने
जनन भए उसकै छ वंश बढ्ने
हुकुम पनि उही डटेर गर्छ
किन जननी तल पर्नु नित्य पर्छ ।।
–कवि श्री रमेश खकुरेल
..............................................................
४९. छन्द – माद्री (५ अक्षरमा विश्राम)
ISI SSI ISI S
म वेदनामा कसरी बसौँ
प्रताडनामा कसरी बसौँ
बढे सधैं नै मनमा व्यथा
छु तर्कनामा कसरी बसौँ
–कवि श्री कोमल भट्टKomal Bhatta
.............................................................
५०. छन्द – सुप्रतिष्ठा
SII SS
हेर बिराला
धूर्त छ चाला
हात छ ताला ।
छन् मन काला
हेर बिराला ।।
– कवि श्री नारद गाैतम
..............................................................
५१. छन्द – तूणक ( चामर )
 SIS ISI SIS ISI SIS
होस राख, दोष छोड, कर्म गर्न तम्सिद्यौ
निष्कलङ्क कर्मबाट बन्छ देश संझिद्यौ।
एक एक जोड बन्छ खुल्छ फुल्छ एकता
रोग, भोक, शोक जे छ हुन्छ हुन्छ बेपता ।
– कवि श्री Shambhu Bhattarai
५२. छन्द –अनुष्टुप
कोसको छ लता हेर रहे ताल छ कोसको ।
को जुका वनमा खेदे देखे मानव काजु को ?
***
योगमा लीन नै माता तामा नै नलीमा गयो ।
यो त खेल तमासा हो हो सामा तल खेत यो ।।
***
(शुरुबाट आठ अक्षर पढेपछि त्यही उल्टो पढ्दा पल्लो पाउ बनेको हुन्छ ।)
–कवि श्री नारद  गौतम Narad Gautam
......................................................
५३.छन्द – सत्यवती
आखिर छोटो छ जिन्दगानी
बन्नु छ हामी सबै खरानी
रोदन कैले,खुसी छ कैले
खप्दछ जाडो र घाम पानी
– कवि श्री काेमल भट्ट
...............................................................
५४.छन्द – चित्रा
द्यौरालीमा पाती मेराे नाम अर्काे परेछ
सानो छाया प्याराे लाग्थ्यो घाम चर्काे परेछ
इन्द्रेणीकाे सानाे धर्सो काेरियाे मेटियाे त्याे
भिज्ने खाेज्थ्याे थाेपाथाेपा रुग्ण दर्काे परेछ ।
– कवि श्री साेम निराैला
........................................................
५५. छ्न्द-चित्रिका
लक्षण :- sis isi sis isi sis
जाग जाग हे युवा उदार शान्त चित्तले
हाँक्नुपर्छ देश यो सुरम्य नीति वित्तले ।
धर्मकर्मजातमा नराख चित्त कुण्ठित
वेदमा छ धीरको प्रभाव पुष्प पुञ्जित ।। १ ।।
– कवि श्री ज्यो- तारानाथ भण्डारी
....................................................
५६. छन्द – इन्द्रवंशा
को हुन् कुदेका किन जालझेलमा
को हुन् डुबेका किन रक्तभेलमा
आदर्श बिर्से किन यी कृतघ्‍नले
के सम्झदा हुन् प्रिय पुष्पलालले ?
– कवि श्री रोहित पराई
.........
त्यागेर सारा मनका अनेक ती
गाँठो परेका सब तर्क, आरती
जो भक्तिले गर्न बसे सबै जन
भन्छन् छ हाम्रै अति शुद्ध यो मन
– कवि श्री पद्म देवकाेटा Padma Devkota
....................................................
५७. छन्द – रुक्मवती
भाव विनाको बन्दछ नारा।
जून फुलाऊ व्योम सितारा।।
– कवि श्री Mahadev Adhikari
......................................................
५८. छन्द – चन्द्रलेखा
आजै एकादशी माछा ता नखाऊँ तुलासी।
अर्पौं श्री विष्णुमा माला तोरणै फूल गाँसी ।
छन् द्यौता देहमा पूजाका त भोका नराखौं।
आध्यात्मिक् नै बनौं हामी ज्ञानले हाँसिहाँसी ।
– कवि श्री  Dhaka Thapa
.......................................................
५९. छन्द – शङ्खनारी (३ अक्षरमा विश्राम)
।ऽऽ ।ऽऽ
कथा जिन्दगीको
थिएॅ नेत्रनानी
हुॅदामा जवानी।।
छुट्यो साथ चाॅडै
नमिल्दा कहानी।।
थियो पुत्र जाती
पुकारेॅ भवानी।।
– कवियत्री श्री Manju Shrestha
.......................................................
६०. छन्द – अचलधृति
लक्षण : द्विगुणितवसुलघुभिरचलधृतिरिह ।( वसु अर्थात् आठ लाई दुगुना गर्दा हुने १६ वटा लघु वर्णबाट बन्ने छन्द ।
अविरल चरण-रज अभिलषित म छु
द्रवित छ हृदय तर अविचलित म छु
अभिरमित छु अझ म जप र तपसित
अनुचरमय सविनय अनुरत म छु ।
– कवि श्री Keshav Raj Amodi
............................,.....................
६१. छन्द – अनुकुला (५ अक्षरमा विश्राम)
भ  त  न   गुरु गुरु                                 
हेर यहाँ छन् अतिशय पीडा
खप्दछु जम्मै हरदम हाँसी I
रम्दछु आफैँ तर पनि आँशू
बन्दछ धारा नयन बगेरै II                                                     
– कवि श्री Dibya Chandra Acharya
.......................................................
 ६२:छन्द – मातृक (चौपाइ)
सूर्य किरणले तिमिर हरायो
दुनियाँ उज्ज्वल मधुर गरायो!!
पन्छी चिर्बिर चिर्बिर गर्छन्
पलपल मुग्ध गरी मन हर्छन्!
– कवि श्री कृष्ण शरण उपाध्याय
.....................................................
६३. छन्द – मालिनी
III III SSS ISS ISS
कति छ कति गुनासो देश नै भो विरानो
घर - शहर सबैको आँगनी भो अँध्यारो
– कवि श्री ज्यो-तारानाथ भण्डारी
.......................................................
६४. छन्द – कुमारललिता
       ISI IIS S
उठेर हिँड प्यारा !
बढौँ दिन सहारा ।
यहाँ छ अति खाँचो
जवान श्रम धारा ।
रहोस् खल डराई
बुलन्द गर नारा ।
उचाल अब राँको
डढून् मुलुकमारा ।
सफा सगरमाथि
प्रफुल्ल बन तारा।
– कवि श्री टेकनारायण रिमाल“कौशिक”Take Narayan Rimal
.......................................................
६५.छन्द – चित्रलेखा
SSS SII III ISS ISS ISS
यस्ती राम्री अनुपम जननी पाउँला फेरि काहाँ ,
अामा जस्ती निकटतम कुनै छैन क्वै याे धरामा ।।
– कवि श्री Khageshwor Bhandari
....................................................
६६. छन्द – चन्द्रिका
।।। ।।। ऽऽ। ऽऽ। ऽ
गति यति लयको दिव्यता झल्किने
ध्वनि गुण रसको उच्चता होस् छुने
कविहृदय रसास्वादमा पग्लिने
समुचित कविता हो त्यही मानिने
– कवि श्री Madhav Chalise
....................................................
६७. छन्द : रुचिरा
ISI  SII  IIS ISI S
युवा ! यहीँ , अब पसिना खन्याइदे !
विकास को , महल नयाँ बनाइदे !!
विचित्र को , बल छ तँ मा म देख्दछु ।
तँ पौरखी , हुन अब जुर्मुराइदे !!
– कवि श्री कृष्ण शरण उपाध्याय
.....................................................
६८. छन्द– तनुमध्या
SSI ISS
तिम्रो पनि साथी
मेरो पनि साथी
हामी दुइटैको
टेकी शिरमाथि ।
हान्यो जब लात्ती
चर्क्यो अनि छाति
यस्ता शठ साथी
केको हुनु जाती ।
– कवि श्री Ramesh Khakurel
......................................................
६९. छन्द–  नाराचिका
SSI SIS IS
आवाज सुन्छु भित्रको
या सुन्छु सत्य मित्रको
हेरेर हिँड्छु मार्गमा
संसार यो विचित्रको।।१।।

सादा छ जिन्दगी,सदा
वास्ता छ सच्चरित्रको
आएँ म लोकमा झरी
चोला मिली पवित्रको।।२।।

छ प्रेम शून्य ता जहाँ
त्यो ठाउँ हो दरिद्रको
नौका सवारीमा फिरूँ
राखेर होश छिद्रको।।३।।

मोडेर चित्त उत्तर
तोडेर पाश उग्रको
चेतेर चेत शीघ्र नै
खोज्नै छ पन्थ शीघ्रको।।४।।
– कवि श्री टेकनारायण रिमाल“कौशिक” Take Narayan Rimal