Pinasko_katha

मेरी आमा, हजुर आमाले पिनासको औषधि यस कथालाई मान्नु हुन्थ्यो र पिनास निको पार्न छर छिमेकहरु मेरी आमा , हजुर आमा कहाँ आउथे ।

कथा १
श्री पाँडे अनिरुद्र कट्मरा पाटन नगरमा थिया
गाउँका निकटै अनेक् तरहका सर्पा वहुतै थिया
फुल थियो त्यसको त कोही वनमा गाई भैंसी चर्थ्या तहाँ
सर्पैको फुल कुल्ची वस्तु हरुले विध्वंस पारी दिया
आई सर्पिनीजोगमा बसी सवै विलाप गर्दा भया
ज्यादा सर्पहरु मिलि मत गरी फुल टिप्छ गोरस सरी
पाँडेका कविलास थिया र घरमा दुई चार दश आठ हरु
जाँदा जाँदा कोही वनमा वास वस्न आए अरु
स्नान गर्न गई नदीतल विषे कन्या लाइनै धरी
दही च्यूरा खाँउ भनिकन पाँडे हरुले खानाको मन्सुव गरी
हे वावा दही खानु छैन यहाँको ! आश्चर्य रटी गई
साँचो सत्य कहुन कन्या अवता अग्नी जगाउनै परी
खानाका रिसले कतैनी नहेरी उपद्रो गर्नै परि
अग्निमा समिधादिई छिनमहाँ पोल्नै तयारी भई
हाम्रो प्राण वचाइदेउ भनिकन नाग नागिनिले कही
विश्वास मान्नु छैन तिमि सर्पहरुको पछि दगा देउला
भन्नामा पनि साक्षि राख्नु भनिकन तिम्रो वचन मानुला
वाण गङ्गा नगरि त पाटन तथा चाण्डाल जसुको पनि
क्यामुनाको वोट साक्षी राख्छु भनिकन छोड्नै त कर्मै गरी
यो वाँचीकन पढ्नु सुन्नु सवले नामै सवैको रहोस
तीन फेरा झारी द्वारी गरिकन प्रातै कथा सुन्नुहोस
काट पिनास ! मार् पिनास ! पिनासको भयो नास
दोहोलो ! दोहोलो ! दोहोलो ! फूSSSSS !  फूSSSSSS !! फूSSSSSSS !!!

‍‍‍‍‍‍‍‍‍‍‍‍‌‌‌‌======================================== 
कथा २
अनिरुद्र पाँडे भनि नाम भएका
थिया कोही पाटन नगरमा वसेका
अनिरुद्रजीका त्यसै गाउँ नेरै
वसेका रहेछन् पनि सर्प धेरै
अनेकौं तहाँ सर्पका फुल थिया
अनिरुद्रको वस्तुले कुल्ची दिया
विलाप गर्न लागे सवै सर्प जाती
उठ्यो रिस तिनको अनिरुद्र माथि
दिउँ विष गोरस् विषे मर्छ खाई
भनि सर्पले मत गरेछन् रिसाई
गए सर्पहेरु पुगे गोठ छ जाहाँ
विसै छोडी दिए दही ठेकी महाँ
दही चोर्न जाँदा त चाण्डाल जसुले
सवै सर्पको कर्म देखेछ त्यहाँ
थाहा पाई यस्तो दही विष् भरेको
सुनाएछ सम्चार अनिरुद्र कहाँ
जसुले कहेको कुरा सुनी आया
दही ठेकी आगो फुकी खुव तताया
हाछ्यूँ ! हाछ्यूँ र ठ्याँ ठ्याँ गरिकन सवले
पुर्पुरो हात लाई
रुखै क्यामुनाको छ साक्षी गुहाई
पिनासको ज्वरोले भयो दुर्दुहाई
तीनै फेरा चुट्की वजाएर गन्नु
दोहोलो ! दोहोलो !! दोहोलो !!! त भन्नु
काट पिनास ! मार् पिनास !! पिनासको भयो नास
दोहोलो ! दोहोलो !! दोहोलो !!!
फूSSSSS !  फूSSSSSS !! फूSSSSSSS !!!