Satirical and Contemporary

२.‍३ ( ब्यङ्ग । समसामयिक)

*********************************************

२.३.१ रहेछ यो जिन्दगी क्या विचित्र

January 4, 2013 at 11:15am
न धर्ममा काहीं भयो लगानी
न बास जोड्नु हुन गो कहानी
न क्षण् कुनै रम्न सक्यो जवानी
वित्यो जुटाईकन अन्न पानी

न देशको खातीर मन् लगाऐँ
न सन्ततिको भनी कुछ् बनाऐँ
न पित्रि उध्दार गरेँ गराऐँ
म पेटकै खातीर दिन विताऐँ

न केही खर्चेँ र समाजलाई
न केही अर्पेँ भगवानलाई
न आर्जियो केही भविष्यलाई
म दिन्छू धिक्कार स्वयं मलाई

न आज राम्रो न हुने परत्र
न शान्ति सन्ताप छ यत्रतत्र
न निभ्छ आगो मन भित्रभित्र
रहेछ यो जिन्दगी क्या विचित्र
2069।09।20 - 12:28
*********************************************************************************

२.३.२ म तिम्रो पुत्र हूँ धरती

February 16, 2013 at 11:30am
(२०४६।०९।२०)(१९९०।०१।०४)
म तिम्रो पुत्र हूँ धरती
      माता मेरो प्रणाम छ
पुत्रवत् प्रेम फैलाउ
      जीवनको आश यही छ ।

सर्वश्व तिमि हौ मेरो
      विना मातृत्व हुन्छ के
अस्तित्व पनि के मेरो
      तिम्रो अस्तित्व मेटिए ।

मेरो जन्म दिने माता
      लाई जन्म दिने तिमि
ममता मयि हे धरती
      जगत्कि श्रीष्टि कारिणी ।

लायौ ऋण दिई जन्म
      देखाई मार्ग दिन दिन
ऋणि छु म सदा माता
      यस्को पर्याय देख्दिन ।

तिम्रै काख महाँ हुर्कें
      तिम्रै श्वास चुसी चुसी
तिम्रै आँगनमा खेलें ,
       बढें छु म सदा खुसी ।

त्यसैले भन्दछु तिम्रो
      सामु नुहेर दिन दिन
तिम्रो दुष्मन देखेमा
      वाचा गर्छु म छोड्दिन ।

तिम्रो सम्मान हर्नेको
      हर्नेछु बल औ धन
तिम्रो इज्जत गर्नेको
      गर्नेछु म सुपूजन ।

हे माता धरती मेरी
      तिम्रो सङ्कट्हरू सव
प्राणको आहुती गर्दै
      हर्नेछु म सदा अव ।

अन्धकार सवै तिम्रो
      प्रण गर्छु हटाउँछु
साँझमा आरती गर्दै
      महादीप जलाउँछु ।

लाखौं जुनकिरी डाकेर
      भन्छु दीप जलाइद्यौ
मेरो यो धरतीलाई
      तेजोयूक्त बनाइद्यौ ।

श्रीङ्गार्दछु म यो धरती
      ढाकी त्यो स्तन काब्यले
सारी शाहित्यको धारी
      धारी भूषण छन्दले ।

मुस्कान हेर्दछु तिम्रो
      मुस्काउ हिमगिरी सरी
बृक्षले नृत्य गर्नेछन
      झरना गाएर वेसरी ।

विश्वमा नाउँ नेपाल
      परिचित गराउन
चाहन्छु म सदा देउ
      आशिष पुत्र भनिकन ।
*********************************************************************************

२.३.३ लडन्ता

April 4, 2013 at 2:27pm
(२०६९।१२।१३)(फागूपूर्णिमा)
कुत्ताले हड्डीकोलागि नगरोस् किनतिर्सना
यौटै हड्डीे भेेेेट्दा हेर लडन्तामा सवैजना

बाघले आक्रमण् गर्छ के छ यस्माविडम्वना ?
काट्दा मान्छेले मान्छे नै यो पोहो जङ्गलिपना

पारीबाट चियाएर हेर्दा लाज भयोभनि
भन्ने मान्छेहरू नाङ्गो नबसे लाजके अनि ?

विदेशिले लग्यो हाम्रो सिमानाभनि कुर्लने
लैजाउ भनि दाता झैं मौका छोपेरसुम्पने ?

आँखा गाड्दैछ सत्रुले देशमाथिभयङ्कर
जुट्दा एक भई हामि मान्नु पर्नेछ के डर ?

जुट्ने औषधि के होला फुट्ने रोगनिको हुने
यो यौटा औषधि बन्दा देशको उन्नतिहुने

विदेशिले लुट्यो भन्दै चिन्ताग्रनु पर्‍यो किन
आफ्ना स्वजनले लुट्दा रुन्न योमन दिन् दिन ?
*********************************************************************************

२.३.४. रहेछ यो जिन्दगी क्या विचित्र

January 4, 2013 at 11:15am
न धर्ममा काहीं भयो लगानी
न ध्यान गर्नु हुन गो कहानी
न क्षण् कुनै रम्न सक्यो जवानी
वित्यो जुटाईकन अन्न पानी

न देशको खातीर मन् लगाएँ
न सन्ततिको भनी कुछ् बनाएँ
न पित्रि उध्दार गरेँ गराएँ
म पेटकै खातीर दिन विताएँ

न केही खर्चेँ र समाजलाई
न केही अर्पेँ भगवानलाई
न आर्जियो केही भविष्यलाई
म दिन्छू धिक्कार स्वयं मलाई

न आज राम्रो न हुने परत्र
न शान्ति सन्ताप छ यत्रतत्र
न निभ्छ आगो मन भित्रभित्र
रहेछ यो जिन्दगी क्या विचित्र
 2069।09।20 - 12:28ड
*********************************************************************************

२.३.५ सुन्दरी

May 1, 2012 at 5:29pm
अग्ली माशु सुकेर अस्थिहरुको
पञ्जर बनेकि तिमि

ज्यादै उष्ण रगत हुने दिलमाहा
रैछौ घमण्डि पनि
योग्यै छु सव कागजी सफलता
देखाई भन्छ्यौ तर
तिम्रा अन्य अयोग्यता नबुझने
देख्दिन ख्वै को छ र ?

लाई वस्त्र अमूल्य स्वर्ण गहना
देखिन्न है सुन्दरी
लाई लेप सुगन्ध मष्तकमहा
होइन्न राम्री परी
छैनन् पुष्ट वयश्क वक्ष न त छन्
राता रसिला मुख
के को यौवनको रवाफ रचछ्यौ
को आउला सम्मुख ?

लज्जा सुन्दरीको अमूल्य गहना
ख्वै लाउछ्यौ कुन दीन
सज्जा सुन्दरीको मिठो बचन हो
कैल्यै म त्यो सुन्दीन
(खुल्दा कण्ठ मधूर बाणी सहसा
कैल्यै म त्यो सुन्दीन)
काँढाका बिचमा पनि फूलहरु
फक्रेर मुस्काउँछ
ख्वै तिम्रा अनुहारमा हरबखत्
श्रीसूर्य अस्ताउँछ

हिड्दा सुन्दरीका लचक लचकमा
पत्थर त लोलाउँछन्
पग्लन्छन् पहरा पनि प्रकृतीका
पंक्षीहरु गाँउछन्
सारा बृक्ष शुसाउँछन् वरीपरी
सङ्गीत मिठा छरी
तिम्रा चालमाहा त यो जमिन पो
टुक्रन्छ धाँजा परी

ढक् ढक् पारी भूमि वजारी दुइटा
पाउ कडा चालले
हिड्दैनन् सुन सुन्दरी शुशीलता
ढाकेर बेतालले
पाउजेव धरेर छमछम गरी
हल्का हिडुन् यूवती
वोल्दा हाँसी मुसुक्क सङ्गीत झरोस् कोकिल वोले जती

जो पायौ उपहारमा प्रकृतीको
सोही मिलोस राम्ररी
काला केश रहुन् भरी रगतका
गाला ती स्याउ सरी
आधा शीर लुकोस गुलावी रङ्गको
ठूलो पछ्यौरा भरी
गोलो नेत्र, मुहार देखिन पुगोस्
च्याए रवि झैँ गरी

माला एक घुमी गला युवतीको
हल्लीरहोस् वक्षमा
ढाक्ने वस्तु शरीरमा सव मिलुन्
छोपाइको लक्षमा
मन्का भाव खुलुन् कडा दील भुलुन
लोचन् उघार्दा पनि
साँचा सुन्दरी पो त्यही यूवती हुन
सम्पूर्ण गुणका धनी
********************************************************************************

२.३.६ हाकिम

July 14, 2012 at 8:24pm
म योग्य हाकिम गजक्क बस्छु
विवेकको फालिसक्या छु अस्तु
बुद्धी भएको जती सेफ मै छ
कडा छ ताल्चा न त खोल्नु नै छ
बुद्धी कुरौटेहरूको प्रशस्त
प्रयोग तेहीगरि बस्छु मस्त
म चाकडीको पनि भक्त नै हो
जस्ले गर्यो पार तर्यो उसै त्यो
डराउने चाकडी देखि भागी
म खन्छु खेदो र ऊ हो अभागी ।
*********************************************************************************

२.३.७ समसामयिक

December 21, 2011 at 7:56am
 गोकर्णो पण्डितो ज्ञानी
धून्धकारी महा खल
लोडशेडिङ बढाएर
थर्मल् प्लाण्ट् ल्याउने छल ।

थर्मल प्लाण्ट झिकाएर
हातलाउ मिठो फल
रतन्धोग्रस्त भो देश
नेता मोटाउने बल

कृषिप्रधान देश हाम्रो
ट्र्याक्टर चल्ने डिजेल खै ?
तेललाइनमा गाडी
लाइनै सकिदैन है !

डलरमा तेल ल्याएर
डिजेल प्लाण्ट चलाउने
यही मौका मिलेको छ
जनतालाई गलाउने

लोडशेडिङको भारी
बोकेका जनता अव
महङ्गी त त्यसै बोक्थे
बोक्छन् ऋण पनि सव

आयल निगम संश्थाको
घाटा तेब्र्याउने बल
गोकर्णो पण्डितो ज्ञानी
धून्धकारी महा खल ।
*********************************************************************************

२.३.८ चन्दे डाक्टर

August 13, 2011 at 8:33am
काहीँनभाको जात्रा भन्थे पहिले हाँडीगाँउमा
त्यस्तो जात्रा हुन थाल्यो भरतपुको ठाउमा
अश्पतालमा डक्टर भन्दा कण्डक्टरको भीड
टाउको दुख्दा हुन थाल्यो हाइड्रोशिलको पिडा
अब देखि अश्पतालनै किन जानु पर्‍यो
कण्डक्टरको मिठो हप्कि किन खानु पर्‍यो
रहर लागि जानु परे टाउको दुख्दाखेरी
जचाउनु हाइड्रोशिल, फिस्टुला,ओभेरी
उनीहरूको उल्टोरिती विरामीलाई फाइदा
सानो रोगमा ठूलो श्याहार चन्दे पढाई काइदा
*********************************************************************************

२.३.९ नेपालीको ब्यथा नेताजीको कथा

August 6, 2011 at 10:01am
न गर्मी भा‘छ न त आ‘छ मच्छर
पर्‍यो अति पानी चुहिन्छ कि घर
खुशी र चिन्ता मनमा लिई सुतें
निधारमा पानी परेपछी ऊठें  ।

थोत्रो पुरानो झिंगटी फुटीसक्यो
‘टाल्ने धूरी ‘ भुक्मरीले लुटीसक्यो

लाला र बालाहरुको छ क्रन्दन
बलेर आगो मनमा छ दन्दन

एक्लै म छु कि अरु साथी छन् कतै
हेर्दा पिडामात्र बुझें जताततै

दरिद्रताको म पनि प्रतिनिधि
भो राष्ट्रकै गौरव यो गतिविधि

नेपाली हूं रे भनी गर्व गर्दछु
नेपालमै बांच्दछु यहीं मर्दछु

मेरो र मेरै सव बन्धूको ब्यथा
हेर्दै डकार्नेहरुको लघुकथा

के लेख्‍नु श्याही सकि लेखनीको
गर्दा सू-सू द्वार नदेखनीको

जसले उचाल्यो भूँमिबाट माथी
त्यही नै हूने रै‘छ पछि नजाती

कस्तो नीति हो भनी प्रश्न यो गरें
‘रे राजनीति‘ म त जिल्ल पो परें ।
२०६८।०४।२०-(२२:५५)
*********************************************************************************

२.३.१० स्यो स्यो

July 29, 2011 at 6:25pm
भाषादेखि दरिद्र छन् उनीहरु
स्यो स्यो भनी भन्दछन
बाख्रालाई धपाउने लवजले
आफन्त बोलाउ‌छन

दाशै बन्नु परे प्रयोग गरनु
राजर्षि भाषा बरु
के बोल्नु नचिनी स्वयं पनि त्यसै
व्दीजाती भाषाहरु

के भो मान अनर्थ त्यो लवजले
बढ्दैन है ईज्जत
आफ्नै होइन जो वकेर कहिल्यै
आदर कतै हुन्छ त ?

के राम्रै पगरी गुथिन्छ कि त्यसै
दर्ज्यानी मिल्दै ठुलो
राजा भागी सके उडेन किन त्यो
दाशत्वताको धूलो ?
*********************************************************************************

२.३.११ गाई ब्याए दूध गोरु ब्याए‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍-------

March 31, 2011 at 10:18pm
बुढापाका भन्थे उहीले
गोरु ब्यायो आज
बुझ्नु पर्थ्यो मिलेछकी
नमिलेको काज

हामीहरु सोच्ने गर्थ्यौ‌
गाई ब्याउदा राम्रो
दूध खाँदा ऋष्टपुष्ट
आँत हुन्थ्यो हाम्रो

यो देशमा गाई बाच्छि
कता गए कता
गोरु मात्रै ब्याउन थाल्यो
जिल्ल पर्छु मता

कता पाउनु बाच्छा बाच्छी
कता पाउनु दूध
हत्या , हिंसा, गोली, जन्मे
अशान्तिका दूत

सदाचारी, न्याई अब
सीला खोज्नु पर्ने
नीति जती भड्खारामा
सोझो सँधै मर्ने

राजनीतिमा लाग्यो भने
कानून जम्मै हाम्रो
माले, तारे गोरु ब्याए
कसलाई भो र राम्रो ?
*********************************************************************************

२.३.१२ होलीका दहन

March 20, 2011 at 8:32am
के खुशी होलीका मर्दा
बिष्णुका भक्तीमा पर
मन्दीर भत्काउने प्राणी
संस्क[ती महीमा छ र ?

हिरण्यकशिपु बुध्दि
लिएर जन्मने नर
बहिनीको म[त्यूमा यस्तो
हर्ष उल्लाश हुन्छ र ?

लुकेर कौशीमा आफू
नभिजी रङ्गमा नभै
बटुवा आक्रमण गर्ने
के हुन् यी दानवी नभै ?

आफू दानवको व[त्ती
दानवैको विनासमा
कसरी रम्न सक्ने हो
कोही बुझ्दछकी यहाँ ?
*********************************************************************************

२.३.१३ यो अजिव प्राणीको नाम के हो ?

August 8, 2010 at 10:47am
अतृप्त आत्माहरूको छ झुण्ड
कुटिलता मात्र छ मुण्ड मुण्ड

षड्यन्त्रको गन्ध छ यत्र तत्र
न भूत राम्रो न बन्यो परत्र

न कानले गर्दछ काम यिन्को
न हातले भाँच्दछ एक सिन्को

न ‌ज्ञान बुध्दी न भयो विवेक
छ कुर्सिको सुन्दर मोह एक

नैतीकता बस्दछ ब्रह्मनाल
भुक्छन् ठुलै हूँ सरी तुच्छ चाल

झुक्याई मान्छे चटकि बनेर
प्राडो, पजेरो, सुजुकी चढेर

कैले नुही दक्षिण पट्टी फर्कि
कैले पुगी उत्तर यि कुतर्कि

को हुन् यि मुर्दा तर उठ्न सक्ने
तर्साई सोझाहरू लुट्न सक्ने

गँडेउलाको सरी चाल भा'को
न्वारन् गरौं नाम दिई मजाको ।
*********************************************************************************

२.३.१४ मेरो देश

July 27, 2010 at 3:52pm
धरामा विरुवा धेरै न पूष्प न फलै फल्यो
बृक्षको गन्धले गर्दा प्रकृतीनै थला पर्‍यो
ज्वरोले रन्न तातेको प्रकृतीको नीधारमा
पानी पट्टी लगाएर बचाउने बिचारमा

कोही देखिन्न श्रध्दालु देश मर्दैछ दिनदिन
औषधी केही गर्दैनन कात्रोपो किन्दन् किन ?
नभए काख आमाको पराईले श्याहार्छ र
छीमेकीले पकाएको खानाले पेट भर्छ र ?

बीज ले मात्र के गर्नु अर्कैले कलमी गर्‍यो
त्यसैलेपो सबैबृक्ष भालेपोथी दुबै पर्‍यो
पूराना बृक्षको साटो नया बृक्ष भयो भने
केही त फल लाग्लाकी विषबृक्ष गयो भने

आफ्नै नर्सरी खोलेर आफैले कलमी गरी
नया बृक्षउमारेर आफैले गमला भरी
आमाको दुधको भारा टार्नै पर्छ सपुतले
देश टोकि चीथोरेर मार्दैछन् है कपुतले ।
*********************************************************************************

२.३.१५ बुहारी चाहियो

May 10, 2010 at 12:03pm
होउन धनी धेर घरानिया वडा
लोभि नहुन, दानी उदार दिलका
सन्तान कोही उनका अरु नहुन
पैतृक सम्पत्तिहरु सवै रहुन ।
नखर्चिउन तील जती पनि धन
खुशी गरुन सम्धिनी सम्धीका मन
देशैभरी जगजगी उनको रहोस
मेरी भुहारी उनकै सुपुत्री होस

ल्याई रहोस ऊ धनधान्य सारा
डाइटीङ्ग गरोस न्यून गरोस अहारा
पोइ र सासू , ससूरा खुशी गरोस
आफ्ना खुशीको मनमै चीता भरोस

गाली गरेमा पनि मन्द हाँसोस
हाम्रा वचनले मन उ नभाँचोस
सु-योग्य कन्या छ कहीं कतै भने
सम्पर्क गर्नुहुन ! योग्य सम्झने ।
*********************************************************************************

२.३.१६ के हो के

May 7, 2010 at 12:27pm
राष्ट्रबादी कतै छैनन्
राष्ट्रघाती सबैजना
राष्ट्रकै सम्पती फोड्ने
काँहुन् बीर बिराङ्गना ?

नेत्रीत्व सर्वदा द्रोही,
भ्रष्टाचारी भयो यहा¤
नेताको मती फर्केला
नगरे हुन्छ कल्पना ।

राज्य , सत्ता र भत्ताको
खेलैमा टाउकेहरु
पुटुस्स भुँडी पारेर
दगुर्छन् गाडीमा बरु ।

सर्कारै नभए चल्छ
देशै नेता नचाहिने
गरेका छन् र के राम्रो
यी भएमात्र पाईने ।

विरोधी मास्न , गाडीमा-
दगुर्न , गाली गर्नमा,
जनतालाई झुक्याई
आश्वाशन् मात्र छर्नमा ।

ब्यस्त छन् आजका नेता
छैन नैतीकता कतै
किन चाहिन्छ यी नेता
कर तीरेर पाल्न खै ?

गरी मात्र शिलान्यास ,
उद्घाटन, विमोचन
चाकडी, तालीमा रम्ने
अहा क्या रसिलो मन ।

देशको लागि के गर्नु
दिइएकै छ भाषण
नेपाली बुद्धूकालागि
कस्तो उत्तम शासन ।

जन्ती झैँ टोली बोकेर
यात्रा गर्दा विदेशको
रित्याए ढुकुटी सारा
आसेपासे खुशीभयो ।

झुत्रो शान र सम्मान
त्यसैमा जीन्दगी गयो
शान्त सुन्दर नेपाल
देशको दुर्गती भयो ।

२.३.१७ नेता अष्टोत्तर्शयनामस्तोत्रम् - (108 NAME OF THE LEADERS)

लुच्चा, छुच्चा , सुराप्रेमि, जनघाती, भयानक
घमण्डि, लुटका राजा, देशका खलनायक
व्दिजीभ्रे, जनता शोषक, गुण्डाका पार्स्व रक्षक
देशीका सक्कली दाश, स्वदेशी सर्व भक्षक
वाक्प्रेमि, मधूरभाषी, कर्महिन, कुशासक
स्वाँठ, पाखण्डि, निर्लज्ज, अदूरदर्सी, याचक
मूर्ख साथै फटाहा र वेश्याका परमेश्वर
फूँडा, उन्मत्त, वेढङ्‍गि, बहुरुपी, निशाचर
स्वार्थी, विश्वासका घाती, नीतिहिन, कुसंस्कृत
बन्धुमारा, भूँडिवाला, नगर्ने देशको हित
भ्रष्टाचारी, दुराचारी, अत्याचारी, दुशासन
झगडालु, स्वयं ठालु, शङ्कालु, भँडुवा जन
छुल्याहा, कपटी, क्रोधी, कुरौटे, हिन-चिन्तन
फोड्न जान्ने, तोड्न जान्ने, ध्वंसप्रिय, कडामन
घुस्याहा, कुर्सिमा लिप्त, सत्ता लिप्सा प्रवर्धक
धनीका ढुकुटी भर्ता, दु:खीका दु:ख वर्धक
विकास द्रोही, दुर्वुद्धे, ढुङ्गे यूग विचारक
शीक्षा विरोधी, धुर्तज्ञ, विरोधी प्राण-हारक
शान्ति विरोधी, अर्धङ्‍गि, दङ्‍गाका दक्ष सर्जक
अधर्मि, पापी, वेहोसी, वैधानीक नपूंसक
स्वेच्छाचारी, ब्यभिचारी, प्राडोप्रेमि, दयाहिन
आश्वासन प्रदा, अल्छी, हेपाहा छन् सदा दिन
अन्तर्घाती र अन्यायी, असन्तोषी, अमानव
हन्तकाली, हुल्याहा र वुद्धिले पूर्ण दानव
निर्विवेकि, महाजाली, विना पुच्छर मर्कट
मिचाहा, जङ्गली, लोभि , विषालु, विष वर्धक
क्रुर, दुर्जन, अल्पज्ञ, हठि, सामन्ती, पिडक
कृतघ्न, भोग-आशक्त, एकलकाटे, अराजक
वेइमानी, जुकाजस्ता, ठगाहा र विनासक
भाग्यमानी कती हामि नेता यस्ता निरर्थक ।

पाठ-फल
अष्टोत्तरशय यन्नाम त्रिसन्ध्य श्रद्धया पठेत
एष जन्म दरिद्रश्च पूनर्जन्म सुखी भवेत् ।
२०७०।१०।२१ वशन्तपञ्चमी

२.३.१८ हैन सभ्य तिमिले भन आज

२०४६।१२।२१
रणभूमि अवनी म सिपाहीं
पाउँला विजय मै भनी चाही
आजसम्म जसरी लडि आएँ
हेर ठक्करहरु कती खाएँ ।

      पाइयो फल पराजय को पो
      पाउनु विजय यो कठिनै भो
      काटियो दीन बनी दिन धेर
      शुष्क भो शरीर यो अव हेर

प्रकृति मै मिलने लिई आश
भय विना उही माग्दछु खास
जलन ली दिलमा दिन काटेँ
दिन, छिन, पलमा दु:ख बाटेँ

      नेत्र दुई यी पनि अति थाके
      लिन्छु छुट्टी भनी आश्रय मागे
      चर्म पत्रहरी खुम्चिन लागे
      हस्थी जो जती थिए सव काँपे

चाउरी हुन गएकछि चर्म
गर्नुपर्छ अव अन्तिम कर्म
वाँचने वखत गो वल भाग्यो
शरीर यो कुँजिएसरी लाग्यो

      प्रिय सवै ममता रङ्गमा छ
      रङ्ग विना यस जीवन के छ ?
      म त छिट्टै प्रकृतिसित मिल्छु
      मट्टी पत्थर, शिला बनी बस्छु

गर तिमि ममता प्रकृतिको
पीर लिनु म विना न छ निको
यही नै छ रित पालन गर्नु
पर्छ जन्मिकन मानिस मर्नु

      अमर त्यो नमरी पनि हुन्न
      सव अमर् त मरी पनि हुन्न
      अमर सु-कृति पो भई बस्छ
      शरीर यो वितिगै त्यही पस्छ

      प्राणि, बृक्ष सव जन्मिन पाई
      भोगी कष्ट, सुविधा, सुखलाई
      मुष्टि भित्र बटुलेर कमाई
      जानु पर्छ त्यहीनेर रमाई

लेउ यही मनमा सव छाडि
विष हुन् विषयका मन-गाडि
अधिर है नरहु जीउ राख
मुख हेर शिशुको भर काख

      सारथी रथ ठूलो लिई धाए
      दूत हुन् ती यमका यही आए
      सुम्सुम्याई शीर यो भन जाउ
      हुन्छ भेट पछि फेर् तिमि आउ

आश यति अहिले पनि गर्छु
अश्रु अश्रु बटुली दिल भर्छु
रुन्न ऐंठिकन यो मुटुलाई
जाउँ है अव प्रिय संगी पाई

      हुन्छ हुन्छ नभने संगी छुट्छन्
      यो रितै प्रकृतिको सव टुट्छन्
      बुझ्दछु म मनको मृग तृष्णा
      छैन शब्द अहिले सव भन्न

गुण नै जीवनमा कति लायौ
मस्स मस्की पीरमा नि हँसायौ
ओठबाट रसिला कति बग्थे
शब्द,गीत रमिता कती बन्थे

      रन्न रन्न गीतले मन छुन्थ्यो
      साथमा तिमि हुँदा दिल रम्थ्यो
      विर्षनु छ अव त्यो गुणलाई
      छैन धेर समय त मलाई

विर्ष हे शखी तिमि पनि मेरो
गुण सम्झ सव बैगुण मेरो
सुख भोग गरने कती आशा
पाउथें तिमिमहाँ तर खास

      योग्य भैन कहिल्यै पनि कस्तो
      कर्म त्यो कटमिरो फल जस्तो
      बाबुबाट बुझिलिईकन ल्याएँ
      बन्धु बान्धव पनि त छुटाएँ

बन्चरो सरी गरी कर मैले
भाग्य फोरी दुइटा गरी पैले
रक्त झैं शीरमहाँ रङ्ग लाई
एकलौटी गरथें तिमिलाई

      शब्द भित्र कसिइकन फेरी
      भन्दथें तिमि भयौ अव मेरी
      प्रेम, शान, नवजीवन पाई
      सोख, मोज, दिउँला तिमिलाई

सिर्जनु नविन पर्छ समाज
जीउनु छ खुसिले सुन आज
शब्द त्यो पनि भएछ पुरानो
विश्व नै हुन गएछ विरानो

      आज एक अवला यही छोडि
      जान कम्मर कसें दिल तोडि
      पर्छ दु:ख सहनु तिमिलाई
      हुन्छ कष्ट अव वाँचनलाई

खप्नु पर्छ अती विष्मय जान
भन्छु “पापी म त हुँ” तिमि मान
अग्नी बाली मुटुमा अवलाको
राखदैछु उसमा समिधा पो

      संझ संझ प्रियसी म हुँ दोषी
      वोल तिक्ष्ण तीर झैं दिल ठोसी
      राख्छु ठानी उपहार लुकाई
      पापका यी फल देउ मलाई

छोडिदेउ रङ्ग सिन्दुर टाटो
लाउ बस्त्र गहनाहरु रातो
बस्त्र रङ्गिन चुरा गहना यी
बाबुबाट मिलथे तिमिलाई

काँच गेडि मसिनो भनी पोते
जेली एक तिलहरी बनी लोते
कस्न कण्ठ पनि लौ कर लाएं
हाली सिन्दुर जुठो गरी ल्याएँ

भन्दछु अझ पनि बनि लोते
छोड है तिलहरी अनि पोते
हुन् चिनो जनम भर् रुनलाई
हेर्नु छैन कहिल्यै तिमिलाई

     छोड्नु छैन अघिनै जुन लायौ
     बाबुबाट पहिल्यै लिन पायौ
     दोषी हैन ती कुरा सव राख
     दोषी हुन् ती मछिका सव त्याग

फोर्न आउँछ भने यदि तिम्रा
नाडिका रङ्ग चुराहरु सग्ला
ती जमात हरुको लिई सातो
रोक है त कुरीति बनी बाठो

भन्दछन् रङ्ग विना तिमिलाई
हेर हेरन अलच्छिनि आई
जाउँ जाउँ न छिट्टै गरी जाउँ
मुख हेरी त्यसको त नजाउँ

खास खुस गरछन् रमितामा
हुन्न रे शुम तिमि गई काम
लुक लुक लगनै हुन लाग्यो
कर्म फुटी अधिकार् सव भाग्यो

शुद्ध हुन्न विधवा छुन हुन्न
बन्नु पर्छ सधवा भर जन्म
गर्छ दुर्दुर छि: छि: उहि मान्छे
भोग्छ त्यो दु:ख पनि उहि मान्छे


सम्झीएक विधवा अवला ती
लादिइन्छ कुरीति उनिमाथि
सभ्य मानिरहने छ समाज
हैन सभ्य तिमिले भन आज ।
‌‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‍-----------------------------

२.३.१९ कुत्तासरी लड्दछ एक हाडमा
२०५५।०९।०९
बनिन्छ नेता छल गर्न जाने
पदावधिमै धन छर्न जाने
पदावधि बढ्दछ योग्यता नभै
सवे उनैका पछि लाग्दछन् सधैं ।

     अमूल्य बन्छन् दलका विना-दल
     विक्छन् सरोडौं धनमा सवै खल
     चढेर गाडि जनता लुटी लुटी
     रित्तो र खोक्रो गरी राष्ट्र ढुकुटी

वंडा नमिल्दा सुविधा र शानमा
कुत्ता सरी लड्दछ एक हाडमा
मरे मरुन् सन्तती यस देशको
चिन्ता लिने मानिस पो यहाँ छ को?

     विग्रे पनि शासन विग्रिंदै छ
     नेताजीको भाषण सुध्रिंदै छ
     यो राष्ट् यसका ममता हुने जती
     पाइसकेछन् पहिल्यै कि सत्गती ?

दन्काई आफ्नो घर शानले किन
रहन्छ नेता कि न हो विदेशिन ?
भुकम्प आई यदि भाषिए धरा
लड्दैन नेता हरुको कुने घर ?
**********

२.३.२० तलव आएपछि
२०५४।१२।०३
बा ! जुत्ताको तलुवा उप्कियो
हैन बा ! सरले भन्नु भएको
मेरो टाई पुरानो भयो रे ।

पछि ल !
तलव आएपछि ।
यस्तो बाउ के बाउ .........

नारापछि मैले भने
के राजिनामा दिउँ ?
मध्यावधि हुँदैन
संरक्षक फेरिंदैन
सरकार भए पो ।

बा सरकार के हो ?

तिमिहरू बुझ्न सक्दैनौ
खै मैले त.............. ।
शायद
जनताको आँतमा लात हानेर
सत्ताको उन्मादमा ताण्डव नृत्य गर्ने
विना लट्टाधारी, विना जटाधारी
भयंकरहरूको जमात हो जस्तो लाग्छ ।

बा ! सरकार डरलाग्दो हुन्छ हो ?

अहँ , हुँदैन ।
सरकार मान्छेहरुको समूह हो
तिमिहरू, म र यस्तै यस्तै
सवै सामान्य नागरीकको
संरक्षकहरुको जमात हो सरकार
उ चुनावमा उठ्छ , चुनावमा हिँड्छ
आशारूपी भाषाको पासा हानेर
नागरिक झुक्याउँछ
पाँच वर्षमा एकपटक सामान्य बन्छ
चुनाव पछि कुम्भकर्णजस्तो सुत्छ
ऊ ।
देश रुन्छ, मान्छे छट्पटाउँछ
महङ्गि र गरिवीको जगजगी हुन्छ
वर्ष फेरिन्छन् , ऋतु फेरिन्छन्
तर नैतिकतामा सास भरिंदैन उसको
पाँच वर्ष भन्दा यता उठ्दैन ऊ ।
********

२.३.२१ उस्तै - उस्तै
२०५४।११।२३
हिमाल उस्तै छ तराई उस्तै
आकाश, वायू, अवनि छ उस्तै
छहारी उस्तै , शीत, ताप उस्तै
यो श्वास के भिन्न भनूँ छ उस्तै ।

     श्री सूर्य उस्तै अनी जून उस्तै
     पानी, झरी, हुण्डरी, आँधी उस्तै
     तारा जति जो ग्रह आज उस्तै
     म मात्र के भिन्न भनूँ, म उस्तै

नाता छ उस्तै ममता छ उस्तै
वात्सल्यता, स्नेह सवै छ उस्तै
धोखा छ उस्तै अनी लोभ उस्तै
को,के कहाँ भिन्न ? हुँदैन उस्तै ?

     यो स्वार्थ उस्तै भय, त्राश उस्तै
     शंका, डाहा, क्षोभ र रोष उस्तै
     श्रध्दा, घृणा, प्रेम सवै छ उस्तै
     देखिन्छ के भिन्न भनूँ छ उस्तै

निशा, उषा, दिन र रात उस्तै
वनस्पति,बृक्ष पनि त उस्तै
विश्वास उस्तै अनी घात उस्तै
भेटिन्छ के भिन्न ? रहन्न उस्तै ?

     प्रहार उस्तै उपहार उस्तै
     प्राणिहरुको रीति, जात उस्तै
     देशै छ उस्तै सव विश्व उस्तै
     के बद्लियो आज ? हिजो दुरुस्तै ।
********

२.३.२२ नमस्ते विकाश बावू
नमस्ते विकाश बाबू
आउनु भयो ?
सञ्चै छ ?
सञ्चै त होला ।
तपाई वलका पनि वल हुनुहुन्छ
शक्तिका पनि शक्ति हुनुहुन्छ
रोगका पनि रोग र
बुद्धिको पनि बुद्धि हुनुहुन्छ
नमस्ते विकाश बाबू ।

सुनेथें तपाईंको गाथा
जताततै विकाश गर्नु भो रे
त्यसैले त
ज्वरो आएको वेला
तातोपानीमा हालेर खान हुने
घर अगाडिको तुलसीको वोट
पूर्खाले रोपेथे
तपाइईंले उखेल्नुभएछ ।

एउटाले भनेथ्यो
तपाईंको घरको
भित्ता भित्तामा । ईंटा ईंटामा
झ्याउ उम्रेको
सफागर्न सक्नु भएन रे
शायद फूर्सद कहाँ र
तर
भाईको घरको
लिउन उप्काउन भ्याउनु भएछ ।

दुवैकान नसुन्नेको नाम
के जाती वहादुर भएझैं
तपाईंको नाम विकाश रे
अहा ! क्या राम्रो नाम
नमस्ते विकाश बाबू ।

मान्छे परिस्थितिसंग चल्छन्
परिस्थिति तपाईतिर ढाल्नु हुन्छ रे
एक चोटी
तपाईंको वाजेको सत्रुसंग आढ लागेर
भाईको हत्या गर्नु भो रे
तर
उम्कन सफल हुनु भो रे
कान्छो भाईले उजुर गरेको
ऊ नै फाँसीमा चढ्यो रे
तपाईं
ज्ञानका पनि ज्ञान
मूर्खका पनि मूर्ख र
धूर्तका पनि धूर्त हुनुहुन्छ
नमस्ते हो....नमस्ते
नमस्ते विकाश बाबू ।
*******


२.३.२३ तन र मन
२०५५।१२।२५
जहाँ फुल्छन् कोमल् उपवनभरी धानचमरा
त्यहाँ भुल्छन् राम्रा भुनभुन भुनाएर भ्रमरा
जती माली रोप्छन् बहूत थरीका फूल वनमा
त्यती लाली बढ्छन् पुतलीहरूका सौम्य तनमा

जहाँ हावा डुल्छन् मगमग सुगन्धित भइ सदा
त्यहाँ प्रणि भुल्छन् तन र मन आकर्षित हूँदा
जती झर्छन् बाणी मंधूर रसका कण्ठ खुलदा
त्यती पर्छन् प्रेमी परम सुखमा मस्त भुलदा

जहाँ कोही आफ्नो मन छुन सकेको मन मिले
त्यहाँ ठान्नु जम्मै सुख र सुविधाका फूल खिले
जती हुन्छन् आफ्नो लहलह झुलेको मन मीठो
त्यती मिल्छन् तृप्ती नभई नमिठो सिस्नु र पिठो

***

२.३.२४ एच.आई.भी बड्दैछ – होशीयार !!
हुनत म मान्छे जाँच्ने डाक्टर होइन
थाहा छैन रोग के हो
तर
सुनेको छु, भोगेको छु
साना तीना रोग

आजकल विज्ञान पछि परेको हो कि
उपचारलाई रोगले उछिनेको छ
क्यान्सर, टी.बी. पूरानो भएर हो कि
सुनिन्छ – एच्.आई.भी बढ्दैछ
रोग कडा छ रे
निको हूँदैन
उपचार गरिँदैन

रोगका किटाणु (भाइरस)
रगत्मा डुल्छ भन्छन्
केवल मान्छेमा लाग्छ
मानवीय संसर्गमा सर्छ रे
खै के भन्नु
हिजोआज त
रगत्मा नहिँड्ने
यौनिक संसर्गमा पनि नसर्ने
रहेछ – एकथरीको भाइरस
एक नयाँ एच.आइ.भी
यो देशमा लाग्दोरहेछ
देश टोक्दोरहेछ
दल दलमा जन्मेर
विदेशी ...गाडिमा दौडदोरहेछ
कहिले काहीँ सत्ता र सुविधा भेटेन भने
जङ्गल बसेर गोली बोक्दोरहेछ

एच् आई.भी ले
प्रतिरोध शक्ति क्षीण गर्छ रे
हो क्यारे – त्यसैले त
महँगी नघटेको
अत्याचार नहटेको
शान्ति, सुरक्षा अमन चैन
टाक्सीँदै, चाउरिँदै गएको

होसियार !!!
उपचार नैतिकतामा हुन्छ रे
अनुशासन, निष्ठा, कर्मठता
कर्तब्यबोध, आत्मालोचना
राष्ट्रयता र देश प्रेममा भेटिन्छ रे
होसियार !!!
एच्.आई.भी. बढ्दैछ ।
****

२.३.२५ छातीमा दैवको बाण
ओथरामा बसी पोथी भाले भाग्यो कताकता
भेट्न पाएन खोज्नेले भएछ ऊ त लापता
ल्याउलाकी नयाँ पोथी घरमा यै छ चीन्तन
भाँचियो च्यातियो लौन घरकी पोथीको मन ।

फैलियो कानमा यौटै घरका कोठी कोठीमा
भोक भोकै न मर्छेकी“ अन्यायै भा छ पोथीमा
आँशु सुक्दैन आँखामा रुन्छे सास भएतक
भाले गयो बिभिन्डेर नभेटेर सचेतक

केही बर्षै पछि आयो विदेशबाट सम्झना
आर्काको देशमा प्यारी असह्य एकलोपना
कत्ती कष्ट सह्यौ होला काट्यौ दिन कसोगरी
केही अर्थ कमाएर आउँला म छिट्टैगरी

पोथीले बुन्दथीन् तान मनको फरिया बुनी
फेरी आयो उतैबाट पत्र बाँचेर त्यो सुनी
छातीमा दैवको बज्र लाग्यो पार्‍यो छियाछिया
विदेशीले लछारेर मारीएछन् भनि प्रिया

विदेशी बन्न जापान अमेरीका र भारत
जाने बन्धूहरू सोचौं आफ्नो अस्तित्व के छ त
आर्काको देशमा काम ज्यानै अर्पी गरेपनि
कोही स्यावास भन्दैनन् चिन्दछन् भतुवा भनी
*****

२.३.२६ खोल च्यातिएको छ
(नवकवितामा छापिएको)
दिनभर
टाई, कोट र ओहदाको झिल्लिले
झुत्रो मानसिकता छोपेर
अहंकारको हूँकार गर्जंदै
अत्याचारको आश्रयमा उफ्रिएको
हाकिमको
कठोर, अपत्यारिला, शंकाष्पद र अस्वश्थकर शब्द
लिंदै , पिउँदै – जिउनको लागि
जी ! जी      ! र हजुरमा
छ, सात घण्टा विताएर
जागिर पकाएर
वाटाभरि कल्पना बुन्दै
कल्पना ओढ्दै र फुकाल्दै
ऊ आयो, बस्यो , देख्यो
पलङ्गको डण्डीबाट लत्रङ्ग झुण्डिएको
फाटेको चौबन्दी श्रीमतिको
धुजा धुजा भएको कुर्ता छोरीको
कुन्नी कतिवटा प्वलहरु परेको कट्टु छोराको
दिक्क बन्यो
यस्तै हो ?
हो ! यस्तै हो
प्रश्न उत्तर बनाउँदै
मनलाई शान्वना दिँदै
यहाँ के छ र नफाटेको ?
पार्टी फाटेको छ
अनी पार्टीको वाहिरी आबरण पनि
नेता – नेताको मन फाटेको छ
नेताको वचनबद्धता पनि फाटेको छ
फाटेको छ सामाजिक, धार्मिक, आर्थिक अवस्था
देशको । जनताको
अझ
सरकार – फाट्दै , तुनिँदै , टालिंदै
भ्वाङ नै भ्वांङ परेको
यस्तो सरकारबाट सञ्चालित देश
जीर्ण मक्किएको
क्षयरोगले टाक्सिएको रोगीजस्तो
अनी
किन नहोस
यी देशका प्राणिहरुको
थोत्रो कर्म
फाटेको भाग्य र
च्यातिएको ट्रान्सपेरेन्ट आर्थिक अवस्था ।
ठिकै हो
चाहिन्छ रे पारदर्शिता
नेताजी भन्नुहुन्थ्यो – कुन्नी के के मा हो
त्यसैले त
उन्मत्त बैंशालु यसमा विश्वास गर्छन्
पातलो कपडा लगाएर ।
ए हजुर !
चिया लिनुहोस्
अकस्मातको आवाजमा
झसक्क झस्कन्छ – ऊ
हातमा चिया वोकेकी श्रीमति
मलिनो मुहारमा – हजुर तलव आयो ?
भोली बजार जानु पर्ने
सीरकको खोल च्यातिएको छ ।
उसले प्रति उत्तरमा
ठिकै छ
फाटोस – के बाँकि छ र फाट्न
ओजोन फाट्यो रे
अनियन्त्रित प्रदुषणले
अस्ती राजनैतीक गुट फाट्यो रे
शायद ! नोटले
केवल फाटेन – भ्रष्टाचार , प्रदुषण र
सत्ता लोलुपता किन ?
*******

२.३.२७ नेपाली चरी
२०५३।०५।०५

नेपथ्यमा चरी गाई मिर्मिरेमा छिटै उठी
खैै त देखिन्न नी भाले उठ्यो या नीदमै छ कि ।
चारा बटुल्न डाँडाको पारी पारी उडी गयो
प्रतिउत्तरमा भाले भित्रैबाट कडा भयो ।

प्यारी धेर गयो वेला छिप्पियो आजको दिन
तातेनकी चिया मीठो वेडमै ल्याइनौ किन ।
खपी नसक्नु भो लौन भरियो मुख गन्धले
गर्छौ कुल्ला चियाले र ? बोलदछौ कुन छन्दले।

भनेको बुझ्दिनस् फिष्टि, घैंटी, काली छ आदत
कुल्ला गर्न मीठो तातो पानी माग्छु सदा म त
मुखको गन्ध पेटैमा नखसाली म उठ्दिन
बुढा लाग्ला कडा रोग खान्छौ फोहर पो किन ?

मुखाले बोल्दछेस् धेरै जोई हैन म डंकिनी
छिट्टै ले त मीठो tतातो काम छैन अलच्छिनी
माफ ! ल्याउँछु लौ स्वामी उम्लिने छ चिया जव
हितकै शब्द वोलेथें केही बोल्दिन भो अव ।
*****

२.३.२८ ओजोन बचाउनु छ
न तुन्न मिल्ने न त बुन्न मिल्ने
भ्वाङ्गै परोस् टाल्न कतै नमिल्ने
बाक्लो भए पृथ्वी बचाई राख्ने
आदित्यको तेज पचाई राख्ने
जाँदै छ रे दिन् दिन् पातलो बनी
ओजोन रे त्यो त बचाउनु छ नी

      रोकिन्न रे भष्करको कुनै गती
      झर्ने छ रे ज्योती सवै भएजती
      सिधा परे सूर्य जमिन माथी
      पोल्ने छ रे पृथ्वी बहुत ताती
      फैलिन्छ रे रोग त भाँती भाँती
      पर्ने छ रे भोग्नु दशा नजाती

उद्योगले देश विकास गर्दछ
वाहन् चले विश्व नजिक पर्दछ
सुगम् सरल् मात्र हुँदैन दिन्दिन
निक्लन्छ कालो कण धूम्रको संग
कालो धूवाँ ब्योमभरी मडारिई
च्यातिन्छ रे त्यो तह पातलो भई

      उद्योग धन्धा कल कारखाना
      खोलौं सधैं बुद्धि पुर्‍याई नाना
      सोचौं कतै घट्छ कि वीष झै धूवाँ
      सकिन्छ कि सुद्ध पनि वनाउन
      उद्योगीले निश्चय सोच्नु पर्छ है
      ओजोन फाटे सव प्राणि मर्छ है

ओरालीमा घुर्र गरी दगुर्ने
द्यौरालीमा घ्यार्र गरेर घुर्ने
कालो धूवाँ कार्वन युक्त फाल्ने
आवाजले शान्ति चमन् विगार्ने
थोत्रा जती वाहन बन्द होउन्
हाम्रा पछिका पिँढिले नरोउन् ।
*****

२.३.३० हेरी भरी भूषण । नग्न जमिन घुम्ने
२०४९।१२।१२ (१९९३।०३।२५)
वसन्ततिलका (तभजजगुगु - ssi sii isi isi ss)

आकाशमा अलिकता जल सिद्धिएछ
त्यो कृष्ण मेघ पनि वादलमा छिपेछ
मुस्कान हर्ष रविको मुखमा रहेछ
देखेर बृक्ष पशु धेर खुसी भएछ ।

बोकेर नै हिमढिका शिरमा थुपारी
हाँसेछ त्यो हिमशिखर् दिल शान्त पारी
आएर छुन्छ हिमखण्ड इना उज्याला
सुम्पेर ज्योति भर एक पराेक्ष प्याला ।

फेरी लुके गगनमा ममता बढ्यो रे
धर्ती भरेर हरियाे पनि पार्नु थ्यो रे
छोपेर मात्र रहँदा अवनी डढ्यो रे
खोला नदी र खहरे नबढी मर्‍यो रे ।

दानी सवै जलधि, बादल  त्राहि त्राहि
शीतल् दिनै नसकि निर्वल जीवलाई
हेरेर प्राणि, धरणी विचलित् भएकाे
प्यासाे भएर जल याचन पाे गरेको ।

चुम्ने त यो अवनिमा रविको थियो रे
आशक्तता हरघडी मनले लियो रे
भोली म चुम्छु पृथिवी र हिजाे थिएँ मै
श्रीङ्गार युक्त अनि नग्न धरा चहार्दै ।

पृथ्वी भरी अधिक तेज कडा फिँजाई
मात्रै रहे त रवि बादल त्राहि त्राहि
गर्दैन यूद्ध उसले पसिना बहाई
सिँच्दैन यो जगत ध्यान लगन् लगाई ।

पालो दिएर भनी नाचन बायुलाई
लुक्दै बसे रवि किरण् अलिकै घटाई 
हावा र बादल दुई मिलि भेटघाट
लड्दा झर्‍यो जल भयंकर बक्षबाट ।


(इना - सूर्यकाे १०८ नाम मध्य एक)


(पुरानाे)

आकाशमा अलिकति जल सिद्धिएछ
त्यो कृष्ण मेघ पनि वादलमा छिपेछ
मुस्कान हर्ष रविको मुखमा रहेछ
देखेरे बृक्ष पशु पंक्षी खुसी भएछ ।

बोकेर नै हिममणि शीरमा थुपारी
हाँसेछ त्यो हिमगिरी दिल शान्त पारी
आएर छोई हिमखण्ड रवि उज्याला
सुम्पेर ज्योति भरी एक अदृश्य प्याला

फेरी लुके गगनमा ममता बढ्यो रे
धर्ती भरेर हरियाली सपार्नु थ्यो रे
छोपेर मात्र रहँदा अवनी डढ्यो रे
खोला नदी र खहरे नबढी मर्‍यो रे

दानी नीधि जलधिको मन त्राही त्राही
शीतल दिनै नसकि निर्वल प्राणिलाई
हेरेर प्राणि अनी पृथ्वी रुँदै गरेको
विह्वल भएर जल याचनमै मरेको

चुम्ने त यो पृथ्वीमा रविको थियो रे
आशक्तता हरघडि मनले लियो रे
हिजो चुमे प्रकृति भोली म नै छु चुम्ने
हेरी भरी भूषण ।नग्न जमिन घुम्ने

पृथ्वी भरी अधिक तेज कडा फिँजाई
मात्रै रहे त रवि बादल त्राही त्राही
गर्दैन यूद्ध उसले पसिना बहाई
सिँच्दैन यो धरती ध्यान लगन् लगाई

पालो दिएर भनी नाचन बायूलाई
विश्राम् लिई रवि जी शान्त बसे निदाई
बायू र मेघ दुइले गरी साँठ गाँठ
लड्दा झर्‍यो जल भयंकर बक्षबाट ।
****

२.३.३१ जीवन अर्थ शून्य
२०५२।०४।१६
डल्लो बनी रगतको भरिएर प्राण
बढ्दै रही उदरभित्र किरा समान
मैन्हा पुगेपछि लिएर नवीन रूप
चल्थ्यो लिई सकस ध्यान गरी प्रभूत

पाऊँ म जन्म यति गर्दथियो पुकार
पीडा हटेर हरियोस् सब अन्धकार
भज्ने छु जन्मभर राम गरी सुकर्म
गर्ने छु पालन म मानव धर्म मर्म

पारेर सुन्दर म जीवन प्रेम गीत
माटो सजाउन सके पछि ठान्छु जीत
हास्ने सदा अवनि कर्म यही म गर्छू
पारेर दङ्ग म त मातृ रिझाउने छू

बाँच्ने छु पौरख गरी नभुलेर ज्ञान
विर्सन्न लौ सुपथ प्रेम तथा इमा
प्राणी वनस्पतिहरू सब एक ठान्छू
हिंसा कुनै म नगरीकन स्वर्ग जान्छू
(हिंसा कुनै म नगरी हरिधाम जान्छू)

यस्ता पुकारसित बित्छ हरेक मैन्हा
सिद्धिन्छ त्यो उदरवास झरेर भैंमा
पीडा दिई बदनमा जननी रुवाई
पैदा भएर जव टेक्दछ भूमिलाई

संसारको सयल , सोख हुँदा अपार
बिर्सन्छ रे शिशु सबै अघिका पुकार
बढ्दै गएर मनभित्र सबै विकार
भोगी तथा अति बलिष्ठ हुने विचार

को जीव छन् म जति बुद्धि विवेक भा'को
केवल् म हूँ जगत चुम्वन गर्न आ'को
यस्तै भनेर सव प्राणीमहाँ समुच्च
माता पिता र सब बान्धव मान्छ तुच्छ

नाता, छिमेक र सखा र सबै चिनारी
तोडेर कुद्छ धन खोज्न विवेक मारी
भन्दैन साँझ दिन रात न धूप ठण्डा
कल्पिन्छ स्वर्ण , धन,नोट जुहार भन्दा

पैसा घमण्ड बल ढोंग विवाद जन्य
भोगी विलास, सुख, पाप गरी जघन्य
ऊ मात्तिँदै रहन खोज्छ भुलेर पुण्य
सक्दैन बुझ्न यस जीनव अर्थशून्य

छोडेर भाग्छ जव वर्कत पाखुरीको
संझेर जल्छ दिन शक्ति बहादुरीको
रोएर भन्छ अघि दैव भएन बुद्धि
पापी भएँ बुझिन कर्म भएन शुद्धि

नाता कुटुम्ब पनि तोडी दिएछु मैले
चिन्ता सिवाय अव के छ र गर्नु ऐले
लागोस भज्न मन ईश तिरै मलाई
पाउँ म जान परलोक छिटै रमाई

यस्तो भनेर जव मानव बस्नु पर्छ
ठानेर झूठ सब लोभ, विलास मर्छ
पर्खिन्छ काल दिन काट्छ मुढो सरी भै
लाँदैन साथ धन दौलत रे'छ के खै ?

प्रभूत = ‍ ‌बहुत , धेरै
वसन्ततिलका

********

२.३.३२ अकालम् मृत्यु हरणम्
२०५२।०३।१६
शहरका ब्यस्त सडकहरु,
कमिलाका ताँती झै लाग्ने
मान्छे , वाहन
समयको अधिनमा
आवश्यकताको अँठ्याइमा
लोभको पराकाष्ठामा
कुनै आयोजित एथ्लेटिक्स खेल झैं
उछिना उछिनको प्रतिस्पर्धामा
एकाएक परिणाम
वाहन – वाहन
वाहन – मान्छे र
मान्छे – वाहन
हानाहान , ठोकाठोक
युद्धमा
शसस्त्र शेनाले निशस्त्रमाथी
विजय प्राप्त गरेझैं
मान्छे , साना वाहन
एक्कास्सी नेप्टीन, चेप्टीन र कुच्चीन पुग्छन्
वाहन
मानवको शरीर माथि पौडन्छन्
युद्धको मैदान जस्तै
सडक पोतिन्छ
सडक रोकिन्छ
मान्छे आफ्नै रगतमा पौडि खेल्दै
तनक्क कुट्टा तन्काउँछ
कोलाहल – लौ लौ मर्‍यो मर्‍यो ...
विभत्स दृश्य
कोही तर्सिन्छ
कोही झस्किन्छ – थर थर काँप्छ
कसैको मुटु घोचिन्छ चस चस
पीडालाई शब्दमा रुपान्तरण गर्नेले
दुई चार शब्द वोल्छ
विस्मातको , विडम्बनाको
सोच्छ यहि होला अकालको मृत्यू
यदि हो भने – विर्सेहोलान
मृतकको पारिवारिक वाजेले
देवी देवताको प्रसाद , जल दिँदा
आशिर्वाद दिंदा
अकालम् मृत्यू हरणम् भन्न
तर शब्द
समयमै खतराको संकेत दिने प्रविधि होइन
पहिरेको भरमा सुरक्षा दिने
लडाकुको ढाल पनि होइन
यो त
भावनाको भेल हो
मायाँ ,ममताको मल्हम हो र
आस्वस्थताको सिंगो आशिर्वाद
जसमा
पालना , मर्यादा र विश्वासमा मात्र दम भेटिन्छ
जुन कुरा
पुराना हाल, महीना र दिनहरु झैं
दैनिक पिछडिंदै , हराउँदै गइरहेका छन्
अव
मानवता , संयम र सावधानी
एउटा प्रजातान्त्रिक तानाशाहीको
निमुखा नागरिक झैं
शान्, सोख र आडम्वरका अगाडि
मुन्टो झुकाउने – यो पूर्ण विकशित युगमा
समयको पछि पछि दगुर्दा
मान्छे आफैंलाई भुल्दोरहेछ
डर र धैर्यता गुमाउँदो रहेछ
प्राकृतिक हावा भन्दा
धन-दौलतको स्वास लिन मन पराउँदोरहेछ
चालक – चाहे देशको होस वा गाडिको । समाजको
उ त स्टेरिङ समाने अधिकार वाला
आफूमात्र अघि बढ्न खोज्दो रहेछ
कर्तब्यबाट उन्मुक्त र उन्मत्त भएर
सडकको वास्तविकता , मान्छेको भीड विर्सेर
स्थलयानमा यात्रा गरेर बायूयानको शयरको
आनन्दलिन चाहँदो रहेछ
अनि यात्री यात्री नभएर
कमिला , शुक्ष्म किरा बन्दोरहेछ
यानका नलुवा, पाइताला मुनि
किचिएर थिचिएर मिचिएर मर्दोरहेछ
मान्छे ।
*****

२.३.३३ ऊ
२०४९।०१।१९ (१९९२।०४।३०।०६)
छ र छैनको विवाद
हो र होइनको तर्क
आस्तिकता , नास्तिकता छुट्याउने कसी
केवल यज्ञ, पूजा र भोगलाई ठानेर
वहस गर्छ मान्छे – धर्मको
चिन्न सक्दैन – देवता
जान्न सक्दैन – ईश्वर
उस्कै आँखा अगाडि उभिएको
आँखै भित्रबाट चियाइरहेको
उसका कृयाकलाप ।

एक अनाथ, असहायलाई
एक पेट भरिदिन सक्दैन – मान्छे
भोग लगाउन तम्सन्छ – देवताको
मूरी मूरी अन्न पकाएर
खान नपाएर मरेको बाबुको श्राद्धमा
पिण्ड सजाए झैं सजाउन
ऊ – अन्नको दाना टिप्ने
सुक्षम अवोध पंक्षि होइन
न जनावर  असन्तोषी मानव
न भोको छ अन्नको
न प्यासो छ पानीको । मदिराको
ऊ – अन्न हो , ऊ पानी
ऊ - सन्सार हो, ऊ प्राणि ।

फूल ओइलाएर झर्न नपाउँदै
चुँडेर चुल्ठो सजाउने
सुहागनता दर्शाउन
माथमा सिन्दुर सजाउने
टिका, विन्दी तथा कस्मेटिक्स घसेर
शुन्दरताको प्रदर्शन गर्ने
वैंशालु । फेसन शो को लागि छानिएकि
यूवती होइन – ऊ ।

के महत्व उसलाई
रातो लालीगुराँसको
कुमुदिनी , गुलाव वा लाजवन्तीको
अविर, केशरी , धूप र नैवेद्यको
ऊ मुस्कुराउँछ । सदा मुस्कुराउँछ
फूलको प्रत्येक पत्ताबाट
डाँठ र काँढाहरुबाट , परागहरुबाट
अनि संझदो हो – मान्छे
असन्तोषी, घमण्डि र अन्धो
ऊ – फूल हो , ऊ पात
ऊ – पराग हो, ऊ डाँठ ।

बुढो भएर मर्न पाउँदैन प्राणि
भक्ति गर्नेहरु
दोपायी, चौपायी बली चढाउँछन्
भाकल भाकेर –द देवतामा
के मासुको स्वाद गढेको मांसहारी हो ?
न हो
रगत्को घुट्कोमा मात्तिने - अम्मली,
यज्ञको धूवाँ नभए पागल हुने ‍ - दुर्ब्यसनी
अग्निमा अन्न होमेर
अन्नको पीट-पीट पटकाइमा
आनन्द लिने धर्मात्मा देखेर
शायद – हाँस्दो हो खित्का छोडेर ऊ
भूकमरीमा
ऊ – जीव मै छ
ऊ – ज्यानमै छ
रगत बग्ने नशा नशामा
रगत बनेर बग्ने गर्छ – ऊ ।

भाकलमा लोभिएर
केहि लिएर – मान्छेबाट
आफ्नो शक्ति , ब्यापकताको
ब्यापार गर्ने ब्यापारी होइन
बार्गेन गरेर
सस्तो र महँगोको हिसाव राख्ने
किनवेच र लेनदेनमा पोख्त
फौवन्जार पनि होइन
उ मनमा बाँच्छ , आत्मामा नाच्छ
प्रेममा फैलिन्छ , मायामा रम्छ र
भावनामा आइदिन्छ ।

पूजामा खुसी हुने सामन्त होइन
न चाकरिमा मुग्ध हुने प्रशासक
ऊ सम्पन्न छ
ऊ सर्वत्र छ
जहाँ ऊ छ
माया , प्रेम , श्नेह र सम्मान छ
विश्वास , बन्धूत्व र सद्भावना छ
श्रद्धामा , लगनशिलतामा,
श्रीजना र सुकर्महरुमा बस्नेगर्छ ऊ
ऊ यहीँ छ
उ त्यही छ
भौतिकताको स्पर्स गर्ने इन्द्रीयले
उसको सपर्स गर्न समर्थ छैन
तैपनि उ विद्यमान छ
प्रत्येक प्राणि र वनस्पतिमा
हावा वनेर आउँछ
ऊ साथै छ सवैको ।
*****

२.३.३४ जलचक्र
२०५२।०३।१५
थकित भै दिनमा रविजी कुदे
जव ती पश्चिम पर्वतमा पुगे ।

हुन गयी अनुभव त थकाइको
चाहना हुन गएछ बसाइको ।


मलिन रुप रङ्ग लिई बसे
अलिक बेर् पछि पर्वतमा खसे ।

बखत चर्द्र उदाउन ‘भो जव
रस भरी विरुवा रसिला अव ।


कुश र दुर्व सवै शीतमा लुके
दिन हुनु अघि ती पृतमा डुबे ।

जनम प्रात महाँ रविको भयो
शिशु थियो क्षणमै बढि पो गयो ।

किरण बढ्न गयो पृथ्वी पुग्यो
चर – अचर् जगतै रविमा डुब्यो ।

जलहुने स्थलमा रविको वल
बढी भएपछि वाफ वने जल ।

किरण पाई कडा शीत सोसिए
बनी धूवाँसरी मास्तिर झोसिए ।

मिलन आपसमा गरी नै रहे
गगनमा पुगी बादलपो भए ।

जती चिसा भई बादल डुल्दथे
उति गहन् भई आपस मिल्दथे ।

यसरी वादल पानी बनि बसे
झरी बनेर भूमितिर पो खसे ।

प्रकृतिको रित यो कतिको सरल्
तरल वाफर वाफ हुने तरल् ।

त्यही तरल् झरी पृथ्वी रसाउने
कृषक वीज छरी वीज पाउने ।

यसरी मानव जिउन पाउने
झरी झरि तिनमा गुण लाउने ।
*****

२.३.३५ घायल
हुन् हे नारी पनि अरु सरहनै
यै पृथ्वीका सन्तती
सिर्जन् स्थायी वनाउँछन प्रकृतिको
      गर्छन् सुरक्ष अति
सक्छन् गर्न सवै जती अरु गरुन्
      देखाउने पौरख
युद्धैमा पनि लड्दथे अघि अघि
      हो यो वडो गौरव
कैल्यै भुल्न सकेन नारीहरुले
      कर्तव्य प्राणि प्रति
नेपाली इतिहासमा पनि बसे
      देदिप्य वत्ती जति
नारी त्यै युगमा पनि विकदथे
      दाशी रखेल् रुपमा
मार्थे, मर्दथिए सति समयको
      दुर्भाग्यको धूपमा
नारी मानिसको लिई स्वरुप लौ
      सामान जस्तै थिए
भेटीकै रूपमा दरिद्रहरुको
      छोरी बहिनी विके
कोही नारी विके ठूला शहरमा
      कोही विके हाटमा
कैयौं नारी मरे खुला वगरमा
      कोही ठूला फाँटमा
वालिकाहरुले पनि जीवनको
      स्वादै नचाखिकन
चाण्डालका हतियारले लुटिइंदा
      नारीत्वताको धन
वालिका कतिका त घायल भए
      आखेटका वाणले
माग्दो हो अधिकार अन्तिम घडि
      ती पुत्रीका प्राणले
स्वार्थैका धनु धारनेहरु याहाँ
      वढ्दै छ रे दिनदिन
यो आवाज वुलन्द गर्नु छ मिलि
      चाँडो सुरक्षा हुन ।
*****

२.३.३६ विवष मान्छे

पानीको थोपा नपाएर
सुख्खा मुख लिएर
मर्न विवस मान्छे
सहायताको आशामा
च्यातिइरहेको दुखित आँखाहरु
चाउरिएको पेट
अस्थिपञ्जर वाहिरको पातलो छाला
विवसताको ज्वालामा
अग्नी उकेलीरहेको  । पिइरहेको
एउटा मान्छे
सोमालियाको । आर्मेनियाको
*****

२.३.३७ पारौं देश हराभरा
२०५२।
तिम्रै काखमहाँ जन्मि काखैमा खेल्छ मानिस
तिम्रै हावा र पानीले बढ्छ पाएर आशिष

तिम्रै काख उजाडेर सेखी ठूलो उ गर्दछ
तिम्रै रूप विगारेर ढुकुटी मात्र भर्दछ

तिम्रो शौभाग्य राखेर बन्दगी धन पाउँछ
विदेशी ह्विस्कि तानेर तन्दुरीमा रमाउँछ

मातृत्व बुझ्दछन् को र लोभैमा भुलद्छन सव
तिम्रो शौन्दर्य वेचेर मान्दछन् भव्य गौरव

तिम्रो चौवन्दी फाडेर तिम्रै इज्जतमा रमे
तिम्रै अश्रु पिई सारा रातारात कति जमे

तिम्रै केश निखारेर मुडुल्ली पार्न तम्सिए
तिम्रै रक्त निथारेर दुर्गन्छ भर्न थालिए

तिम्रो वास भरी स्वास रम्दथे दुनियाँ सव
गन्हायो भन्न थालेछन् तिम्रै सन्तति पो अव

तिम्रो श्रृँगार खुल्दामा मुग्ध थे अघिका जन
शीरका केश झुल्दामा देखिन्थ्यो देशको धन

रसिलो काखमा तिम्रो वाँच्थे सन्तोषी जीवन
चीरायू सवमा हुन्थ्यो रोग ब्याधि नभै कन

वाँच्नै बाध्य भयो प्राणि धानी निर्बल जीवन
एकै निमेषमा कैयन् प्रदुषण पिइकन
कैले पलाउला बुद्धि नेताको शक्तिवानको
फुट्ला मुहान पो कैले सारा मानव ज्ञानको

आउला कि कतै त्यो दिन् पंक्षीले गीत गाउने
हावामा वासना डुल्ने नालामा शुद्धता हुने

डाँडामा हरिया बृक्ष पाखामा वालि शोभित
अनेक फूलले रङ्गिई होला? देश शु-शोभित

कामना सवमा यै होस होस नेपाल सुन्दर
फेरि भन्न सकौं हामि प्रकृतिको छ यो घर
डाँडा पाखा नहुन् नाङ्गा भरि हुन खेतका गर्‍हा
कर्ममा ज्यान अर्पेर पारौं देश हराभरा

बाँचुँ हामि सवै वाँचुन् सिँगारेर यहीस्थल
हासुन् मुसुक्क यो धर्ती देखि मानिसको बल ।
*****

२.३.३८ टाढा भईदिन मन लाग्छ
नजरले नजर छुन धक लाग्छ
मुस्कुराहटमा मुस्कुराइदिन डर लाग्छ
नजिकिंदा किन हो
टाढा भइदिन मन लाग्छ

पहिले त खेलिएथ्यो
मनमा सङ्गली सेती बग्दा
मनले मन पखालेर
नगिचिएथ्यो
बदनमा बोझ नदेखिंदा
बदनले वदन छोएर
बोलिएथ्यो
वचनमा कठोर नभेटिंदा
वचनले वचन पेलेर
खै ! हिजो आज त
ट्राजेडि परेको प्रेमि झैं भइदिन मन लाग्छ
किनकी उनी
मलाई लाग्छ
मैले मन पराउँदा पराउँदै
विवस भएर
पारपाचुके दिन वाध्य भएको
मेरी पुरानी श्रीमति जस्ती ।

आँखामा अलिकती लोभ बाँकिरहेछ
मानमा कता कता क्षोभ बाँकिरहेछ
र कतै
ममता हाँसिरहेछ
प्रत्येक अङ्गमा
अदृश्य शक्ति सञ्चार
एकान्तमा – काँचमा चुरीहरुका झन्कार
शरीरले स्वार्थ सोचिरहेकै छ
शायद यही हो क्यारे
कमजोर मन
विवस मस्तिष्क
इर्स्यालु आँखाहरु
सामाजिक बन्धनको वहिखातामा
दर्ता भएर पनि प्रमाणपत्र पाइसकेको म
एक छिन उनीसंगै भुलिदिन मन लाग्छ
किन हो – उन्को
नेप्टिएको, चेप्टिएको, चाउरे अनुहार पनि
राSSम्री , राSSम्री भनिदिन मन लाग्छ
******


अक्षर पनि मुकुण्डो फेर्छ
२०५०।०६।१२(१९९३।०९।२८)

मैले देखें
शायद वाध्य भएर हो कि
अक्षर
नेप्टिंदो, चेप्टिंदो, कुप्रिंदो र वाङ्गिंदोरहेछ
आजको प्राय: मान्छेको मन झैं । आचार झैं
टेढिंदो, वाउडिंदो र ठाडिंदोरहेछ
फोस्रो रवाफ पराधिन शक्ति र यौवनिक उन्मादले मात्तिएको मान्छे झैं
सुत्दोरहेछ
एनेस्थेसिया दिएको अपरेसन थिएटरको रोगी जस्तो
कुविजा जस्तो वाङ्गिंदो पनि रहेछ
विभिन्न कोण र ब्यास बनाएर
कोहि कोल्टे फर्केर पल्टिंदोरहेछ
सुहागरातमा कोल्टे फर्किएकि वुहुलीलाई
अङ्गाल्न लागेको वेहुला जस्तो

कतै टोलाउँदो रहेछ
कतै लोलाउँदो रहेछ
तर – कतै
विनाहोस लर्खराउँदो रहेछ
वेट पिकनिकको सहभागी जस्तो
मैले देखें
मान्छेहरुको लेख्ने शैली अनुसार
हात र कलमको सम्बन्ध अनुसार
अवस्था वदल्दोरहेछ – अक्षर
अवसरवादी राजनीतिज्ञले
मुकुण्डो फेरे जस्तो – अक्षर ।
*****


दुर्लभ मोती
२०४९।०९।११ (१९९२।१२।१६)
दुर्लभ
चाहे प्राचीन होस – चाहे नवीन
चाहे वस्तु होस या ब्यक्ति
महत्व – केवल अप्राप्तिमा झल्किंदोरहेछ
कतै आँखाले छोएको
मनले छामेको वस्तु
दर्लभ भइदिंदो रहेछ अप्राप्तिमा
मोती शागरले लुकाएको
आफ्नो विछ्याउनामा
वेलौंती रूखले झुकाएको
उसको हाँगामा
अप्रत्यक्ष पृथ्वीका सम्वन्घित
परिक्षण-पौरखी मालिक विनाका
चाहेर हातले टिप्न सकेन
कसरी गरोस स्पर्स
चुसेर चिभ्रोले लेनै पाएन
कसरी गरोस रसास्वादन
अनि ठानिइदोरहेछ – त्यो पनि दुर्लभ
सके पनि त हुन्थ्यो
अङ्गुर अमिलो छ भन्न
मोती – केवल वालुवाका साना
मूल्यहिन कण ठान्न
तर
मन भन्दा कमजोर
आँखा भन्दा चोर
भेट्न सकिन्न क्यारे

नभेटे कसले देख्छ
नदेखे कसले चिन्छ
नचिने कसले खोज्छ
नदेखेर दुर्लभ भन्नु ठूलो होइन
तर
पूर्णिमामा पूर्णचन्द्र नदेखेर
यो दुर्लभ भनि सम्झनु पर्दा
यो असम्भव भनि मान्नु पर्दा
कता कता
असजिलो भइदिंदो रहेछ
तर
एक पटक उठिदिए हुन्थ्यो
पूर्ण नैराश्यता
कि सके हुन्थ्यो बन्न
निस्वार्थी, निस्कामी, निर्मोही
अज्ञान, अन्जान, सुधा ।
*****

मैले सवै हारिसकेछु
विगतका दिनलाई सम्झें
टर्रो टर्रो लाग्यो
जुनवेला म – उनलाई चाहन्थें क्यारे
तर मेरो मनपराई
मसंग मात्र सिमित थियो
थाहै नपाई उनको सिउँदो रङ्गिएछ
देखे थें – मन कुँडिएथ्यो
आत्मा अमिलो भएथ्यो
जुन दिन मैले पहिलो आशा हारेथें
विना वाजिमा विना जुवामा ।

मेरो वर्तमान पनि हारका श्रजनस्थलनै थिए
भनु भने हारहरु
जीवनका साथी भईसकेका थिए
हारहरु कति भए
गिन्ती गर्नै छाडिसकेथें
तर जीत पनि भएको थियो
दुई तीन पटक
एउटा ठूलो हारपछि
एउटा ठूलो जीत भएथ्यो
त्यहि दुई तीन जीतले
सैयौं हारले कमजोर बनाएको आत्मामा
संजीवनि छर्केर
हजारौं ठक्करबाट वनेको
मानसिक घाउमा पट्टि वाँधेर
लर्खराइरहेथें म
मलिनो मुस्कार बोकेर ।

संयोग भनु कि दुर्भाग्य
आँखाहरु
गुलावी मुस्कानमा अल्झेछन्
मन – कलिलो वैंसमा ठोकिएछ
वेचैन वेचैन वाँच्दै थिएँ
एक्कास्सि कहाँ हो कहाँ रोकिएछ
अगाडि हेरेँ सुनसान श्मसान जस्तो
कता कता अनौठो गन्ध
अविश्वासको । अस्थिरताको
एकचोटि पछाडि फर्केर हेरेँ
देखें
मैले – संयम हारेछु
उनको विश्वास हारेछु
हारको अर्को वस्तु
वाजिमा पर्नै आँटेको रहेछ
मेरो स्वाभिमान
मेरो नैतीकता
मैले सवै हारिसकेछु
मैले सवै हारिसकेछु ।
*****

पार्टि जात्रा
२०४९।०५।२५
सडकमा सधैं जात्रा
शहर सधैं भिड
इन्द्र जात्रा, गाई जात्रा र घोडेजात्रा हुनै पर्दैन
मान्छे जात्रा र पार्टि जात्रा
झण्डा जात्रा र प्लेकार्ड जात्रा
सांस्कृतिक परम्परा भइसकेको छ
किनकी यी सवको
भिन्दाभिन्दै जात्रा मनाउन
नेपालीको रगतले सडक पोतिएथ्यो
दुई शून्य छयालिस सालमा ।
ए ! शहिद पनि त पूजिए
एउटा भोको
शहिदको सम्झना रित्तो पेट लिएर पनि गर्दैछ
प्राजातन्त्रको नाममा
शहिदको नाममा
महङ्गी पनि त धरहरा चढ्दैछ
पार्टि पार्टिमा पनि
शहिदको सपना साकार पार्ने धून
गुञ्जिइरहेछ
लोक गीतमा भरिएको पप संगीत झैं ।

कत्रो रमझम भएथ्यो
कस्तो खुसियाली छाएथ्यो
आहा प्रजातन्त्र आएछ
हाम्रो तन्त्र आएछ
जनताको तन्त्र आएछ
मैले , छिमेकिले , हामिले
दीपावली गरेथ्यौं
तर उ त
नारा, भाषण, रोष्टर,टोष्टर र पोष्टर बनेर आएछ
नेता नेतामा , पार्टिको लागि
हात्ती बनेर आएछ
मध्यावधि मध्यावधीमा
पोष्टर बनेर आएछ
घर, पर्खालका भित्ताहरुमा
अनि सिनेमा बने आएछ
गाउँ शहरमा , जनताका लागि
खै प्रजातन्त्र ?
SS ! चलिरहेछ भिडका साथ
छैठौं वर्षमा
संसद वाहिर । संसद भित्र
प्रजातन्त्र ।
चलिरहोस
अर्को कुनै कहानी नभित्रियोस
नेपाली हलमा
हिन्दी सिनेमा भित्रिएझैं
शहिदको चिनो
सच्चा नेपालीको सम्पत्ती हो यो
जसले जे ठानुन
प्रजातन्त्र हाम्रो मौलिकता हो
प्रजातन्त्र हाम्रो ढुकढुकि हो ।
*****

म वाँच्ने गरेको रित्तो संसार
केवल शून्य र उराठ लाग्दो
चैत्र वैशाख झैं मेरो सन्सार
पौष र माघका रुखहरु झैं
नाङ्गिएका , पतझड मेरो रहर
लिउन उप्किएका भित्ताहरु झैं
उवडखावड मेरो विश्वास
हुरीले ढाल्न लागेको रुख झैं
अस्थिर मनका तरङ्ग
दृष्टिमै पनि अन्धविश्वासी आँखाहरु
प्रेमको आभाष , मायाको शिल्ड पाउन
प्रत्येक म्याराथुन दौडमा सम्मिलित
हरुवा मुटुका कमजोरीहरु
सत्यताको सङ्लो जलाशयमा
झुठा र असत्यताका भंगालोहरु
केवल आशा र पर्खाइका चौतारीहरु
मानसिक द्वन्दका द्यौरालीहरु
अशान्ति र पिडाका भञ्ज्याङहरु
संत्रास र असम्भवका गोरेटोहरु
यहि रहेछ सम्पूर्णतामा
म वाँच्नेगरेको रित्तो सन्सार
जाहाँ आमाहरु भन्दा पुतनाहरु जन्मँदारहेछन्
प्रेमहरुभन्दा धोखाहरु बन्दारहेछन्
वाचाहरु भन्दा बन्धनहरु बढ्दारहेछन्
प्रेमि र प्रेमिका त गर्भमै तुहिएर
मात्र जन्मँदारहेछन्
स्वार्थ, आशा, इर्ष्या र आडम्बरहरु
नवजात कोमल शिशुका रूपमा
यहि रहेछ सम्पूर्णतामा
म वाँच्नेगरेको रित्तो सन्सार
म वाँच्नुपरेको झुठो सन्सार ।
*****


निरिह मान्छे
२०४७।१२।०४(१९९१।०३।१८)
समानताको नारा दिने
मानव अधिकारको वहाली गराउने
स्वतन्त्रता र आत्मगौरवको लागि लड्ने
त्यो मान्छे
फुर्सद निकाल्न सक्दैन
विवेकको ब्यानर वोकेर
अधिकारको आषिश मागीदिन ... उसलाई
जो गल्लिको कुकुरले पनि
स्वास्थको ख्याल राखेर
नखाएर छोडेको
रछ्यानको एक एक सिता बटुलेर
गाँस पुर्‍याउन – पेट पूजा गर्न बाध्य हुन्छ
शायद भएको होला
उसको वाँच्ने अधिकार । बाध्यता
यो कस्तो संस्कार
यो कस्को सभ्यता

शान्तिकोलागि सदा समर्पित मान्छे
शान्ति यज्ञ गर्छ – यूद्धको विरोधमा
चरु होमेर अग्निमा
धूँवा उडाएर आकाशमा
मानसिक सक्षमतासामु घुँडा टेकेर
अन्ध विश्वासको ओढ्ने ओढेर
अल्झिन्छ – केवल आशामा
निरिह मान्छे
यो कस्तो संस्कार
यो कस्को सभ्यता ?

मान्छे धर्म गर्छ रे , गराउँछ रे
पूजा गर्छ रे
अवीर , अक्षता र नैवेद्य चढाएर
यज्ञ गर्छ रे धर्मकैलागि
वनका समिधा काटेर – डाँडा नङ्ग्याएर
धान, चामल,जौ,तील - चरु वनाएर
होम्दै कुण्डमा – दन्कँदो आगोको
भुकमरी निम्त्याउन – ढुकुटि रित्याएर
यो कस्तो संस्कार
यो कस्को सभ्यता ?

एक हप्ताको भोको देखेर
दयाको दिल पलाउँदैन होला – मान्छेको
सिर्फ एक छाक टन्न खान दिन
सैयौं रुपैंया अर्पन्छ – हवनकोलागि
उसलाई के थाहा
त्यो हवनमा
प्रत्येक मान्छेको आत्माको सानो सानो टुक्रा
होमिएको सुन्छ
अन्नको दानाको रुपमा – अग्निकुण्डमा
कैयौं धर्मात्माको हातहरुबाट
शैयौं ब्राम्हण । पूरोहितका सुरोहरुबाट
यो कस्को संस्कार ?
यो कस्को सभ्यता ?
यो कस्तो संस्कृति ?
यो कस्को सभ्यता ?
*****

एक मुठी सास पश्चातपको
२०४७।११।२७
वाँच्ने सोख भएर होइन
जिवनको गौरवता ठानेर पनि होइन
तैपनि दन्कँदै गरेको मनको अग्नी बीच
पिल्सिएर ,सेकिएर
भित्र फोक्सोदेखि – वाहिर बायूमण्डल सम्म
आवतजावत गरिरहेको छ
एक मुठी सास पश्चातापको ।

जे गरियो वा जे गरिएन
जे भयो या जो भएन
लाग्छ आफूले वेहोरेजति सवै राम्रो थिएन
अव लाग्न थालेको छ
एक पेट खानु नै वेकार बन्ला
एक आँग लाउनुनै धिक्कार होला
हिडिएका र हिँडने पाइलाहरु
निरर्थक र अनावश्यक होला
स्वाधीन र स्वतन्त्र वन्न
निर्विवाद , निरपराध र निरपेक्ष वन्न
किनकि
कमजोरी र आत्मग्लानीको आभाष हुन थालेको छ
प्रत्येक पलमा
विवाद , अपराध र सापेक्षको त्रिवेणी
हिम अंश पग्लिएर वनेको
टोक्ने हिम नदीमा
सन्ध्या सिद्ध्याएको बृद्धको
कठाङ्ग्रिएर काँपेको मांसपेसी जस्तो
निस्फल ल निश्क्रिय बन्दै
चन्द्रमाको रापमा आङ्ग तताउने आशा लिएर
भित्र फोक्सोदेखि वाहिर बायूमण्डल सम्म
धर्मराइरहेछ – एस मुठी सास पश्चातापको ।

भन्छन् र भन्दै आएका छन्
निरर्थक र निष्फल शब्दहरु
केवल निराशावादको शब्दकोषमा मात्र पाइन्छ
तर
अर्थ र फलको आशामा
स्वयं घोषित भै मानसिक अपराधि बन्नु पर्दोरहेछ
स्वयं पतिबन्धित भै स्वाधिनता विरोधि
हुनुपर्दोरहेछ
अझ बढी त
स्वयं कल्पित विवादको भूमरीमा
स्वयं नै आक्काशिनु पर्दोरहेछ
अल्मलिनु पर्दोरहेछ
कतातिर पछारिने हो – भूमरीको अन्त्यपछि
शिकारीको गोलिले छट्पटाएको परेवा जस्तो
मुटुको मलिनो ढुकढुकी संगै
जीवनको अन्तिम विन्दुको खोजीमा
फेरिरहेछु
एक मुठी सास पश्चातापको ।
*****

कहिल्यै नपलाएको रुख
२०४७।०८।१८(१९९०।१२।०४)
केही सौगात लिन
प्रत्येक रुखको सामू अडिन्थ्यो
कुन्नी के साउती गर्थ्यो हाँगाहरु संग
सल्लाह र धम्की हुन्थ्यो
सम्झौतामा रुखले टाउको हल्लाउँथ्यो
हुरी केही सुकेका पातहरु वोकेर
अघि बढ्थ्यो
तर मैले उसको स्वागत गर्न सकिन
केहि सौगात दिन सकिन ।

चर्को टण्टलापुर घामले छट्परटिएर छहारी खोज्थे
ठूलो रूखले छहारी दिन्छ भनेर
घनघोर बर्षातदेखि तर्सिएर
पानीका बूँद शिरदेखि चुहाँउदै
छतको खोजिमा आउँथे बटुवाहरु
अरु कैयन रूखहरुमा
तर नाङ्गिएको मेरो शरीर
बुढेसकालले खुइलेको मेरो शिर
मेरो अतिथी कोही भएन
अतिथि सत्कारको बस्तु रहेन ।

हिमन्त र शिशिरका संकेतहरु
प्याराशूट नउघ्रेको सिपाही झैं
मैदानमा वजारिँदै थिए
मेरो आँखा सामु – नवजात मुनाका शिरमाथि
जसलाई उठेर सगरमाथा हेर्ने रहर थियो होला
सूर्योदय । सूर्यास्त हेर्ने आशा थियो होला
किचिए – थिचिए – पिडा भोगेर मर्माहत भए
कैयौं अरु बृक्षले युद्धका स्वयंसेवक झैं
वीचमै रोकिदिए शीत । तुषारो
सहयोगको परिचयपत्र देखाउँदै
अव त मेरो मननै रहेन
तर सहायता गर्ने मेरो सामर्थ्य भएन
म कहिल्यै नपलाएको बुढो रूख
अरुको सामु मेरो इज्जत रहेन ।
*****

फेरी उही बडा दशैं आइसकेछ
२०४७।०५।१४
स्वागतमा,
बगैंचामा केमरा फक्रिसकेछ । झुकिसकेछ
लज्जालु युवती मस्केर निहुरे जस्तै
मखमली कोपिला लागिसकेछ
इर्ष्यालु प्रेमिकाको आँखा जस्तै
सयपत्री आँगनमा झुलिसकेछ
वैंसालु प्रियतमा मुस्कुराए जस्तै
भित्ते पात्रो पल्टाउँदा पो
थाहा पाएँ वडादशैं आइसकेछ
तयारीमा
कर्मचारीको घरमा त शान्ति रहेछ
साधारण ज्यामीको दशा भएछ
सामानको मूल्यले धूरी चढेछ
निमुखा गरीवको दीन बढेछ
भोटका भेंडाले बाटो भरेछ
तराइका बोकाले चउर भरेछ
थाया पाएँ पेश्कि छिट्टै आउने भएछ
मैले बुझें – बडा दशैं आइसकेछ
उदघाटनमा,
छोराले लट्टाई ल्याइसकेछ
बाल उत्साह उर्लिएर
नातीले चङ्गा उडाइसकेछ
रहरको राँको सल्काएर
छिमेक कैयौं वालक खुशी भएछन्
उल्लास, उमङ्गमा रम्न पाएर
प्रकृतिको ढोकातिर हेरिदिएको त
ढोकैमा शरदऋतु आइसकेछ
उसलाई एकचोटी सोधिहेरेको त
थाहा पाएँ वडादशैं आइसकेछ
फेरि उहि वडा दशैं आइसकेछ ।
*****

द करेन्ट पोलिटिकल रोडम्याप
(द मास्टर प्लान)
२०६४।०२।०५(२००७।०५।१९)
जम्मै भाईहरु हामि देशकै लागि सोच्दछौं
Buभुलाई जनता सोझा स्वार्थकै मार्ग रोच्दछौं

अर्काले सिर्जने बस्तु हामि फोडेर मस्त छौं
कोहि विकासमा लागुन हामि फोडेर बस्दछौं

पडकाउं पुल बङ्गाला भड्काउँ जाती जातीमा
जुटेको देख्न सक्दैनौ बढाऔं द्वेस साथीमा
अरुले चन्द्रमा छोउन् हामि पातालमै सडौं
बन्धूत्व के छ लौ त्यसमा मोर्चा मोर्चा गरी लडौं

जनता, देश, क्रान्तिको नारा विर्सिन हुन्न है
सोझा, काँतरले हाम्रो योजनालाई छुन्न है
पानीले सिंचिने माटो सिंचिउँ रक्त रक्तले
पाउला शान्तिले बाँच्न हाम्रा केवल भक्तले

अरुले विरुवा रोपुन् फलाउन् फल उत्तम
हामि अशान्ति रोपेर तर्साउं जन जीवन
कलिला, मसिना हात नथामुन् लेखनी पनि
पाठशालाहरु पारौं बन्द पढ्नुछ के र नी
तर्सिन्न कोहि स्याहीले, लेखनीले पनि कुनै
बरु बन्दुक वोकाउँ तर्साउन् गाउँले उनै
यही संकल्प वोकेर नेपाली गर्व गर्नुछ
सिर्जना सव विर्सेर मात्र मार्नु छ मर्नु छ।