नेपाली कविता (श्रीङ्गार रस)
वन्ली फर एडल्ट
वन्ली फर एडल्ट
August 5, 2010 at 3:34pm
थुम्किलाहरू बढ्दैछन्
रङ्ग चढ्दैछ अंगमा
देखियो चुलबुले चाला
मुरी पुग्ने उमङ्गमा
भन्केलान् माधुरी धेरै
मह चुस्ने तरङ्गमा
बैंसले कुत्कुताएर
छटपटी त हूँदैननी ?
राम्री भन्दा ठुली हौली !
छ्यौ है यौवनकी धनी
********************************************************************************
तर ती यूवति मस्त आजकि
January 28, 2013 at 12:29pm
कुसुम बागका मस्त फक्रिए
सरी म देख्दछु रूप त्यो प्रिय
नयन गर्दछन नृत्य चुलवुले
म मदहोस भई तिक्ष्ण दृष्टीले
लीई म प्रेमका पूष्प मञ्जरी
नजर लाऊँछु सुस्त सुस्तरी
उपर कण्ठका हार मोतिको
स्तन विषे झुलि नृत्य गर्छ जो
जव ति ओठले छोड्छन् मिलन्
मन यी भन्दछन् “शब्द झर्दछन”
अलिकति रहिन् लाली लाजकि
तर ति यूवति मस्त आजकि
नजर लाउँछिन् छूँ गगन भनि
शब्दकण्ठका रोक्दछिन उनि
चपल चालले प्रेमको कथा
मसित भन्दछन बक्षको ब्यथा
जव त कण्ठले सुस्त चल्दछन
अनि त प्रेमका गीत वन्दछन्
प्रिय त गाउँछिन शब्द लुक्दछन्
तर म सुन्दछु शब्द झुक्दछन् ।
(२०४६।११।०७)
*********************************************************************************
ति चुच्चा थुम्किलाहेरु
April 4, 2013 at 2:33pm
(२०४०।११।१८)(१९८४।०३।०१) ३:३०
म तिम्रो भावना मात्र चाहन्छु साथहोइन
म तिम्रो दिलको टुक्रा चाहन्छु गाथहोइन
चुराको रोज्छु आवाज मुखको झ्याउरेनहोस्
प्राकृतिक् रुप हो राम्रो कृत्तिमसुन्दरता नहोस्
बर्णन् नै गर्न गारो छ तिम्रोमुस्कानको परि
फूलको वासना चल्छ तिम्रो मुस्कानकोभरि
ति चुच्चा थुम्किलाहेरु अति उच्चा मदेख्दछु
त्यो वुच्चो नाकले छोला छेक्नु पर्दछहे परि
लालीमा हाली फक्रेको गुराँस सरिकोतिमि
प्रकृति छिन् कति दाता यस्तो रुपदिलाउने
धन्य छौ हे परि धन्य तिम्रो रुप पनिअहो
चाहन्छ्यौकि तिमि प्रेम श्रद्धालेअर्पि दिउँकि
राख्छ्यौ चौवन्दिको भित्र लुकाइप्रेमको कथा ?
हलुका हातले सुस्त लाईदिन्छु मल्हमपनि
प्रियको पात्र सम्झेर भन्छ्यौकिमुटुको ब्यथा
म तिम्रो मुटुको धड्कन केहि सुस्तगराउँछु
भावना म बुझि तिम्रो तिमि भित्रैहराउँछु
अपरिचितता होइन म पनि तिमि छेउमा
परिचित पनि छैन म तिम्रो मुटुको कुना
म तिमि देख्न चाहन्छु हंसिली चन्द्ररुपकि
मेरो भाव त बुझ्छ्यौ कि स्वर्गकि परियूवति
रगत् झर्ला सरि गाला लाल छन् वुझसुन्दरि
के छ त्यो गाउँमा तिम्रो त्यस्तो रुपगराउने
नारी धन र गाला ओठ् लाली लाली चढाउने
गुराँस फक्रिदा त्यसको प्रतिविम्व पर्योकि ता
गुराँसै सरि देखिन्छ्यौ अचम्मैमान्दछु मता
वनको छत्रि ओढेर हुर्किएकि तिमि परि
एकैछिन् रुखको छत्रि ओढौं चौतारिमाबसि
सुरिलो कण्ठले वोल सुसाए वन झैं गरी
देखाउ चुलवुले नाच हावामा रुख पातले
नाच्दछन् जसरि राम्रो तिमिले पनि त्यसरि ।
********************************************************************************
तन र मन
२०५५।१२।२५
जहाँ फुल्छन् कोमल् उपवनभरी धानचमरा
त्यहाँ भुल्छन् राम्रा भुनभुन भुनाएर भमरा
जति माली रोप्छन् बहूत थरीका फूल वनमा
त्यति लाली बढ्छन् पुतलीहरूका सौम्य तनमा
जहाँ हावा डुल्छन् मगमग सुगन्धित भई सदा
त्यहाँ प्राणि भुल्छन् तन र मन आकर्षित हूँदा
जति झर्छन् बाणी मंधूर रसका कण्ठ खुलदा
त्यति पर्छन् प्रेमी परम सुखमा मस्त भुलदा
जहाँ कोही आफ्नो मन छुन सकेको मन मिले
त्यहाँ ठान्नु जम्मै सुख र सुविधाका फूल खिले
जति हुन्छन् आफ्नो लहलह झुलेको मन मिठो
त्यति मिल्छन् तृप्ती नभई नमिठो सिस्नु र पिठो
त्यहाँ भुल्छन् राम्रा भुनभुन भुनाएर भमरा
जति माली रोप्छन् बहूत थरीका फूल वनमा
त्यति लाली बढ्छन् पुतलीहरूका सौम्य तनमा
जहाँ हावा डुल्छन् मगमग सुगन्धित भई सदा
त्यहाँ प्राणि भुल्छन् तन र मन आकर्षित हूँदा
जति झर्छन् बाणी मंधूर रसका कण्ठ खुलदा
त्यति पर्छन् प्रेमी परम सुखमा मस्त भुलदा
जहाँ कोही आफ्नो मन छुन सकेको मन मिले
त्यहाँ ठान्नु जम्मै सुख र सुविधाका फूल खिले
जति हुन्छन् आफ्नो लहलह झुलेको मन मिठो
त्यति मिल्छन् तृप्ती नभई नमिठो सिस्नु र पिठो
********************************************************************************
नजरको पराग (नजर मदिरा)
२०५३।०३।१२
रसिला नशालु लजालु
कतिका
जमेका नयन्का पराग
प
बसेका भ्रमरले बनाएर
खाल
चुसेका गुलिया रमिता
विशाल
जति रम्नु रम्दै अति मात्तिएका
सकेभर नजर्ले नजर त्यो पिएका
भरि भै नजर्मा नजरको पराग
छचल्केछ भूईमा अनौठो शराव
छिटा पर्न जाँदा
समिप्का भ्रमरले
बटुलेर छिट्का जमाए
रहरले
वनाएर चाका ढिका नै
उचाली
दुवै ओठकाबीच राखेर
खाली
नचाएर जिव्रो अहा दिल् भरेका
नभै होस वेचैन झण्डै मरेका
जहर छैन केही न बन्छन् शराव
नजर त्यो सरीको वहुतै खराव
नभेटे नपिउँदा सवै
मूल्य हिन
पिई मात्तिंदा पो
जवानी रङ्गीन
मजा क्या छ उन्माद,
नौलो उमङ्ग
नशा सिद्धिंदा यो त
केवल तरङ्ग ।
**********************************************************************
यौवन त्यो फूलको
एक उद्यानमा मेरो
कलमी सारियो कतै
जरा ढाकेर पृथ्वीमा
हाँगा फैल्यो जताततै
वासको आशले गर्दा मल
हालेर उत्तम
उषाको साथ लागेर
गरेथें जल सिन्चन
उकेरा वेस लाएर
लड्लाकि विरुवा भनि
छहारी हाली छोपेथें
नपारी केहि नै कमि
वृक्षमा उर्लियो
यौवन जन्मे सुन्दर कोपिला
कोपिला फक्रि
झुल्दामा भए उद्यान रङ्गिला
फूलका रङ्ग देखेर
चुम्न थाले पतङ्गले
मिठो पराग देखेर
मागेछन् अङ्गअङ्गले
चोरेरै खाउँला
भन्थें पहरा जङ्गि पाउँथें
उर्लंदो आश मारेर
भावनामा वहाउँथें
वग्थे शब्द बनी आशा
सागर बनी मिल्दथे
थाल्दा एकान्तमा
हेर्न मनमा शान्ति खिल्दथे
यी थे जीवनका खस्रा,
मसिना क्यै अनुभव
सोही सारा समेटेर
दिन यी काट्दछु अव
********************************************
मात्तिएको मन (शार्दूलविक्रीडित)
२०...
चाला त्यो चपले
मुहार त जले देदीप्य बत्ती सरी
दोटा ओठ छुटे र याे मुटु फुटे ज्वालामुखी झैं गरी
देख्दा सामु उनी थरर्र दिलमा पैदा भयो कम्पन
थाम्नै योग्य नभै
छचल्किन गए यौवन भरीका धन
मेरा हातदुवै उठेर सहजै जोरी अँगालाे भयो
च्यापूँ टम्म कसेर जाेडिन पुगाेस् सर्वाङ्ग भन्ने भयो
गोडा यी दरिला नभैकन ढिला पुग्दा सँगै भेटिन
होसै गुम्न गएछ ढल्कपल हुँदै आँटेछु पाे लेटिन
लाली लाल मुहारमा अझ
चढेे, उन्का ती काेमल् तन
देख्दा त्यो तन
हच्कियो अलिकता यो मात्तिएको मन
उन्का शब्द जमे चिसाे ऋतुमहाँ पानी जमे झैं गरी
साहस्, धैर्य ढले उमङ्ग त गले माटाे झरीकै सरी
साहस्, धैर्य ढले उमङ्ग त गले माटाे झरीकै सरी
आशा तै त गलेन
टुप्पिन गयो नाघ्यो उँचा पर्वत
छोएँ थर्थर हातले अधरमा जम्मा गरी हिम्मत ।
थाहै कत्ति भएन नेत्र त दुवै बन्दै थिए लाजले
हेर्दा पाइन सामु देखिन कतै ती सुन्दरी गाजले ।
थाहै कत्ति भएन नेत्र त दुवै बन्दै थिए लाजले
हेर्दा पाइन सामु देखिन कतै ती सुन्दरी गाजले ।
*************************************************
आउ दिल रमाउ
२०....
वाले कलिलि तनकी उज्याली
मुस्कानकी खानी
मुहार भाली
देखाई त्यो मस्त
नशालु यौवन
खैंचेर मेरो सजिलै
लग्यौ मन
लुकेर तिम्रा तनले
चियाई
यी नेत्र आकर्षणले
खियाई
मेरो मुटु सोसी
लग्यौ निथार्यौ
मस्तिष्क रित्तो अनि
शुष्क पार्यौ
मुस्कानले नै दिल यो
विगार्यौ
लज्जा फिंजाइकन आश
मार्यौ
आएर मेरो शिर
सुम्सुम्याउ
खाएर चुम्वन मन यो
रमाउ
गाएर माधूर्य निहित
गीत
जोडेर नै बक्ष रहु
समिप
धोको छ मेरो तिमि
बुझ्न आउ
केही म दिन्छु तिमि
हाँसी खाउ
केही म लिन्छु
खुशीले रमाउ
रितिन्न त्यो यौवन
आउ आउ
फुल्दैन फेरी वनमा
गुलाब
फक्रेपछि झर्दछ याद
राख
झर्नु अघि शोभित पार
बाग
मालीहरुको पनि याद
राख
आउ न आउ भरिदेउ काख
फेरी गरौंला मनमै
नराख
होइन यो जीवन
साँच्नलाई
देउन एकैछिन ता मलाई
राखिन्न सन्दूसमाहाँ
लुकाइ
फिर्ता दिनेछु दिलमा
मिलाई
शंका र तिम्रो भयलाई
छोड
मन्का तिता विष्मय
अन्त मोढ
मुहारमा हँस्सी
उमङ्ग छाउ
केही मनाउँ तिमि पास
आउ
तिम्रो मजामा तिमिनै
रमाउ
आउ छिट्टै फेरी
तुरुन्त जाउ
आउ न आउ अव सामु आउ
मेरो र तिम्रो दिल
ता रमाउ ।
*******************************************************************
मन मस्किन्छ क्यार
२०४७।०४।२३
गाला राता खिरिला फल
अति नरम् लेकका स्याउ जस्ता
गोला दाना कसिला
स्तन वीच आहा बस्त्रले टम्म कस्दा
आँखा ति Mमोती मानु चम चमकले कम्प कम्पाय छाती
मेरो होसै हरायो डर
पनि विना छट्पटाएर राती
कस्तो कम्मर
चिटिक्कै वर ईश्वरको बारूले बान्कि
मिल्दो
बाहु दोटा र जङ्घा छ
त उही गरी छैन केही नमिल्दो
काला काला झरिला शीर
उपरका केश लत्रङ्ग लत्री
गरछन् वाला-पिठ पुठ
विसे नृत्य वन्दै
स्वतन्त्री
मेरा आला मृगौला,
मुटुसित रगत् गर्न हड्ताल आई
इच्छा गम्भिर बोकि
उही रगतले लेखिदिन्छन् मलाई
मेरो मस्तिष्कमाथी
झट भई दिंदा सट् विजुलि सरिको
के पो वोलें उनी
उपरमा शब्द जिभ्रो भरिको
उन्ले मुन्टो नुहाई
लिइकन लज्जा लाजवन्ती बनेर
नाई – कस्तो –म-त-छि-छि
भनिन् नाम मेरो भनेर
त्यस्मा देखें ती
बालासित कती वचन खोकिलामा लुकेका
के के बोलुं अझ अरु
पनि गाँसदै हर्स माला
जत्ति लज्जा फिंजाई
मन मगनले हेर्दछिन ती मलाई
लाग्दो गाँजेर राखूँ
कि त निलिदिउँ टोकि त्यो स्याउलाई
लाखा पाखातिर अरु
सवै लागिहाले पराई
बातै मारूं अति अति
मिठा मन्जुरी मन् गराई
उन्का हल्का
सुगन्धित बन कुसुमझैं माथ दायां र बायाँ
हिल्ला शौजन्यताको
भनि सयलको भोग पर्खेर मायाँ
हेरू च्यातेर वोक्रा
मुख भरी रसिला सुन्तले ओठ खाई
फेरू मन्को मजाको
रहर त छिट्टै लागिहाज्यो मलाई
टाँसिहालुं मुटु
नगिचमा टम्म जोडेर छाती
लौ लौ भन्ने लिन वचन
यो हेर्दछु साथीमाथि
मेरो मनको नदी पो
बढी रहरको बाढी आई भङ्गालो
उन्को माथै भरियो
उहि तरहले माकुरो दौडि जालो
कात्ति झाडु बडारू
गरिकन पनि छर्किएं औषधिनै
माकुरो त्यो झन अमर
भो जोर चल्दैन लौ खै
ठान्छु छोडि म
दिन्छु जति बुनि दियोस् जाल मारेर फेरो
टम्मै ढाकिदिए वेस्
यहि बनि रहोस् भब्य सौगात मेरो
कस्तो मेरो मन छटपटे छिनमै होस गुम्छ
उन्कै सग्लो तन
वदनमा किन यो नेत्र घुम्छ
घुम्छन् मेरो दुई
नयनमा मस्त उन्का भरिला
यौवन आएर कोही यहिं
अव बोस् अन्त्य यो कृष्ण
लीला
कत्ति खाएँ तर अझ
उदर् रिक्तता भान हुन्छ
यस्तै आशा दिन दिन
बढी नाती पैदा भएछन्
तै नी यस्ता मन
मगनका आश वाँकि रहेछन्
कोहि वाला यदि नजरमा आई मस्केर हाँस्दा
बृद्धा, सुख्खा जर
जर मुटु तै नी रौसेर नाच्दा
कस्तो यस्तो दिल
प्रकृतिको जीव माथि छ प्यार
सोहि पाई मन मनुजको मस्त मस्किन्छ क्यार
।
***************************************************
रित्तै रह्यो अङ्कमाल् (मुक्तक)
(२०४१।०८।०६)
स्वप्ना हो कि म छु कि सच्
विपनिमा
आँखा भयो तिर्मिरी
पौडींदै छु कि डूबदै छु अहिले
यो प्यार शागर् भरी
हिंड्दै छु कि म पलेँटिमारी जिमिमा
मस्मण्डि गर्दै छु म
सद्दे हु कि महुँ कि पागल सरी
वेहोसि भै भन्छु म
नै ता भोक खनिन्छ क्वै बखतमा
नै प्यास ठण्डा जल
मात्रै शोक् छ कि कामको विषयको
हाँस्दै छु क्या हल्हल
साथी छन् न यताउती अघिपछी
दायाँ र बायाँ अगल्
अँगालो गरी भन्छु लौ चुम प्रिय
रित्तै रह्यो अंकमाल्
******************************************************
सुन्दरी ती हुन
२०५०।०९।०५
अग्ली मासु सुकेर
अस्थिहरुको पञ्जर बनेकि तिमि
ज्यादै उष्ण रगत
हुने दिलमाहाँ रै छ्यौ घमण्डि पनि
योग्यै छु सव कागजी सफलता देखाई भन्छ्यो तर
तिम्रा अन्य अयोग्याता नबुझने देख्दिन ख्वै को छ र
लाई बस्त्र अमूल्य स्वर्ण गहना देखिन्न है सुन्दरी
लाई लेप सुगन्धी मस्तकमाहा होइन्न राम्री परी
छैनन पुष्ट बयस्क बक्ष न त छन राता रसिला मुख
के को यौवनको रवाफ रचछ्यौ को आउला सम्मुख
लज्जा सुन्दरीको अमूल्य गहना ख्वै लाउँछ्यौ कुन् दिन
सज्जा सुन्दरीको मिठो वचन हो कैल्यै म त्यो सुन्दिन
(खुल्दा कण्ठ मधूर वाणी सहसा कैल्यै म त्यो सुन्दिन)
काँढाका बीचमा पनि फूलहरु फक्रेर मुस्काउँछ
ख्वै तिम्रा अनुहारमा हरबखत् श्रीसूर्य अस्ताउँछ
हिंड्दा सुन्दरीका लचक् लचकमा पत्थर त लोलाउँछन्
पग्लन्छन् पहरा पनि प्रकृतिका पंक्षीहरु गाउँछन्
सारा बृक्ष सुसाउँछम् वरिपरी संगित मिठा छरी
तिम्रा चालमाहाँ त यो जमिन पो टुक्रिन्छ धाँजा परि
ढक् ढक् पारी भूमि वजारी दुइटा पाउ कडा चालले
हिंड्दैनन् सुन सुन्दरी सुशीलता ढाकेर वितालले
पाउजेव धरेर छमछम गरि हल्का हिडुन युवति
बोल्दा हाँसि मुसुक्क संगित झरोस् कोकिल वोले जति
जो पायौ उपहारमा प्रकृतिको सोहि मिलोस् राम्ररी
काला केश रहुन भरी रगतका गाला ती स्याउ सरी
आधा शीर लुकोस् गुलावी रङ्गको ठूलो पछ्यौरा भरी
गोलो नेत्र मुहार देखिन पुगोस च्याए रवि झैं गरी
माला एक घुमि गला युवतिको हल्लीरहोस बक्षमा
ढाक्ने बस्तु शरीरमा सव मिलुन छोपाइको लक्षमा
मन्का भाव खुलुन् कडा दिन भुलुन लोचन् उघार्दा पनि
साँचा सुन्दरी पो त्यही युवती हुन् सम्पूर्ण धनका धनी ।
*********************************************