Miscellaneous Articles / Links / Documents

कर्म बन्धनले प्राणि मुक्त हुन्छ र लौ कहाँ
हात्ती बाँधिन्छ साँङलामा थुनिन्छ शेर खोरमा ।
विषालु सर्पको लागि टोकरी घर मिल्दछ
सपेराले बजाएको बिनमा हल्ली नाच्दछ ।

(२०७२।०८।१८ शुक्रबार – ४ डिसे १५)
थिएँ म यौटा सकुशल् परिश्रमी
कुँजो सरि पो म भएछु लौ न नी ।

खोजेर राम्रो श्रम मिल्छकि कतै
भौंतारिंदा अल्मलिएँ जताततै ।

शिक्षा, परिश्रम् वीच धेर फासला
भयो हराएँ भीडमा कता कता ।

दौरा सुरुवाल र टाई कोटमा
ठाटिइंदा गद्गद हर्ष भो म मा

भएछु कि उत्तम श्रेणिको भनी
ठान्थेँ रहेछु हचुवा पहिरनी ।

दौरा र टाई मिलथ्यो र के गरी
तै नी लगाएँ म त दङ्गमा परी

रहेछु ठूलो भ्रम जालमा म त
आँखा खुले चेत खुलिसके अव ।

ढिलै भएनि अव चेतना खुल्यो
शन्तोष नै हो जगमा अति ठूलो ।

भैगो पुग्यो खोज्दिन क्यै पनि अव
काट्नेछु नौला दिन शान्तिले सव ।

नेता अष्टोत्तर्शयनामस्तोत्रम्
==================
लुच्चा, छुच्चा , सुराप्रेमि, जनघाती, भयानक
घमण्डि, लुटका राजा, देशका खलनायक
व्दिजीभ्रे, जनता शोषक, गुण्डाका पार्स्व रक्षक
देशीका सक्कली दाश, स्वदेशी सर्व भक्षक
वाक्प्रेमि, मधूरभाषी, कर्महिन, कुशासक
स्वाँठ, पाखण्डि, निर्लज्ज, अदूरदर्सी, याचक
मूर्ख साथै फटाहा र वेश्याका परमेश्वर
फूँडा, उन्मत्त, वेढङ्‍गि, बहुरुपी, निशाचर
स्वार्थी, विश्वासका घाती, नीतिहिन, कुसंस्कृत
बन्धुमारा, भूँडिवाला, नगर्ने देशको हित\
भ्रष्टाचारी, दुराचारी, अत्याचारी, दुशासन
झगडालु, स्वयं ठालु, शङ्कालु, भँडुवा जन
छुल्याहा, कपटी, क्रोधी, कुरौटे, हिन-चिन्तन
फोड्न जान्ने, तोड्न जान्ने, ध्वंसप्रिय, कडामन
घुस्याहा, कुर्सिमा लिप्त, सत्ता लिप्सा प्रवर्धक
धनीका ढुकुटी भर्ता, दु:खीका दु:ख वर्धक
विकास द्रोही, दुर्वुद्धे, ढुङ्गे यूग विचारक
शीक्षा विरोधी, धुर्तज्ञ, विरोधी प्राण-हारक
शान्ति विरोधी, अर्धङ्‍गि, दङ्‍गाका दक्ष सर्जक
अधर्मि, पापी, वेहोसी, वैधानीक नपूंसक
स्वेच्छाचारी, ब्यभिचारी, प्राडोप्रेमि, दयाहिन
आश्वासन प्रदा, अल्छी, हेपाहा छन् सदा दिन
अन्तर्घाती र अन्यायी, असन्तोषी, अमानव
हन्तकाली, हुल्याहा र वुद्धिले पूर्ण दानव
निर्विवेकि, महाजाली, विना पुच्छर मर्कट
मिचाहा, जङ्गली, लोभि , विषालु, विष वर्धक
क्रुर, दुर्जन, अल्पज्ञ, हठि, सामन्ती, पिडक
कृतघ्न, भोग-आशक्त, एकलकाटे, अराजक
वेइमानी, जुकाजस्ता, ठगाहा र विनासक
भाग्यमानी कती हामि नेता यस्ता निरर्थक ।

पाठ-फल
अष्टोत्तरशय यन्नाम त्रिसन्ध्य श्रद्धया पठेत
एष जन्म दरिद्रश्च पूनर्जन्म सुखी भवेत् ।
२०७०।१०।२१ वशन्तपञ्चमी
==============================
संविधान देहावशान
(2069/02/21)

संविधान सभा आयो देशको बन्छ कानून
करोडौ जनताको यो थियो आशा मर्‍यो किन
जस्को आशा गरि बस्थे जनता उहि विग्रियो
के खालि जनता को यो मनको भ्रान्ती पो थियो ?

खाए लुछ्न जती सक्थे लुछे नेपालको तन
सिङ्‍गो नेपाल च्यातेर टुक्रा टुक्रा गरि कन
जातको विषको बृक्ष मौलायो देशनै भरि
भाइ बन्धूत्वको नातो क्षणमै चूंडिने गरि

यौटै देश अझै हाम्रो भावनामाचिरा पर्‍यो
बन्धू बन्धू उठे लड्न बुद्धीमाकुन किरा पर्‍यो
यौटै थाल फुटाएर कहा खाइन्छ भात र?
नेपाली मात्र हो हामि नेपालीनै छ जात त

जातको नाममा देश मर्न हुन्न कसै गरि
नेताका कपटी चाला बुझ्नुपर्ला सधैंभरी ।
=======================================
भूकम्प-७२

भाग - १

जो दुर्दशाको छ शिकार भाको
वस्ने सवै ओत लडेर गाको
सवै जुटि ओत वनाउँ आउ
सके जती पाखुरी,धन लगाउ ।

मेरो र तेरो नभनेर ऐले
मद्दत् गरौं पुछ्नु छ अश्रु पैले ।
बन्धूहरुको दु:खमा नदुख्ने
कस्को मुटु हुन्छ र दु:ख लुक्ने ।
-----
न वार्षिकोत्सव न त वर्षि, श्राद्ध
अयन न हो हो न त यो मसान्त
संक्रान्ति यो होइन औंसि पूर्णे
भूकम्प हो यो तिथि नै नकुर्ने ।

न चाड हो यो सवले कुरेको
दुर्भाग्य हो यो अनुभव् गरेको
यो आउने आश र त्राश छोडौं
मज्वुत् वनाई मुटु घर नछोडौं ।

सुत्दा सधैं पाल र चौरमाथि
लाग्ला चिसो, जिउ दुखे नजाति
भाईरस् हरुको पनि दागि होला
घर्मै वसे हुण्डरिले नछोला ।

हाम्रो मुटु यो कमजोर भा'छ
मन्भित्रको वाघ उठेर खा'छ
सतर्क बन्दै घरबस्नु राम्रो
फेरि नआओस् घटना नराम्रो ।

भूकम्प-७२ - भाग - २
कसको हो त्यो, बस्छ कहाँ त्यो हिड्दछ कसरी, पाउ कती ?
चिन्न नसक्ने, देख्न नसक्ने पृथ्वी डग्मग गर्छ अती ।
साल बहत्तर वैशाखैमा आयो त्यो आतङ्क गरी

कतिको लिई गो प्राण-पखेरु कतिको सातो घरी घरी ।
कतिको खोस्यो लालाबाला कतिको खोस्यो प्राणप्रिया
घर वस्तीको नाश गरेर मुटुको पारी छिया छिया ।
टुहुरो पार्यो साना नानी, वंशै नास्यो कती कती

विश्व सम्पदा नष्ट गरेर समतल पार्यो सके जती ।
यस्तो घडिमा मृतात्माले शान्ति पाओस्, स्वर्ग मिलोस्
मनमा गाँठो पार्दै भन्छु कहिल्यै यस्तो फेरि नहोस् ।

लेखनी मेरो बन्द नगर्दै भावपूर्णभै दिन्छु म यो
"श्रद्धाञ्जली" ती मृतात्मामा - "नेपालीहरु स्तब्ध भयो।"
-------------------------
श्रीमद्भागवद्मा प्रयोग भएका छन्दहरु
01. पुष्पिताग्रा                                                02. भृंगनाद
03. शालिनी                                                 04. इंद्रवज्रा
05. प्रभावती                                                 06. प्रहर्षिणि
07. वियोगिनि                                                08. स्रग्धरा
09. मालिनी                                                 10. शार्दूलविक्रिडित
11. अनुष्टुप                                                  12. वसंततिलका
13. मंदाक्रान्ता                                               14. वंशस्था
15. उपेंद्रवज्रा                                                16. इंद्रवंशा
================================================================
आँSSईं

हुन त म बबुरोलाई भाषाको ज्ञान कसरी होस् । यदि भाषाको ज्ञान भएको भए भाषाविद् हुन्थे होला । कतैको प्राध्यापक पनि हुन्थें कि ? किन यस्तो फन्टुस लेखमा समय खर्चेर वस्थेंहोला र । तर पनि मलाई अलि कति ढुङ्गा लागेको कुरा मन मा कुरी कुरी भयो र अक्षरमा उतारौं जस्तो लागेर दु:साहस गरें। कुरा किन जिभ्रो चपाएर गर्नु । मैले कुरा गर्न खोजेको हिजो आजका नबधनाढ्यले प्रयोग गर्ने नेपाली भाषापछाडि को प्रत्यय को । मैले त नेपाली भाषा स्थान अनुसारको लवज र शब्द हरु हुन्छन् भन्ने मात्र सुनेको थिएँ तर हिजो हाज त खस भाषामा अनौठो प्रत्यय जोड्ने चलन सवैतिर व्यापक भइ सक्यो । पहिले पहिले राजा तथा राज घरानाभित्र बोलिने भाषा पछाडि वक्सियोस भन्ने सुनेको थिएँ र समाजमा पनि अलि जान्ने सुन्ने हरुलाई इज्जत दिन सोही शब्दको प्रयोग भएको कतै कतै सुनेको थिएँ । अहिले त्यही वक्सियोसको वक झिकेर स्योस मात्र वाँकि राखि आफु ठूलै खानदानको हुँ भन्ने देखाउन प्रत्ययकै रूपमा प्रयोग भएको देख्दा अचम्म लाग्छ । हिजो सम्म भात खानुहोस भन्ने हरुले आज मलाईनै भुजा खाईस्यो भन्दा त्यो भात नै मलाई नपचेर अजिर्ण होला जस्तो पो हुन थाल्यो ।  यो स्यो भन्ने शब्द खाइमा जोड्दा खाइस्यो, लाइमा जोड्दा लाइस्यो हुन्छ भने मरीमा जोड्यो भने रिस उठेको वेलामा मरिस्यो भन्दा पनि कति सुन्दर र सभ्य ठान्छन् होला यसका प्रयोग कर्ताहरु ।

यो प्रकृया सिक्न पनि त कठिन नै छ । ए वा भात खान आउनुहोस या आऊ भन्ने हरुले जग्गा वेचेर होस या अपुताली परेर होस या अलिकति नगद कमाएरै धनाढ्य भएपछि आफुलाई उपल्लो दर्जाको देखाउन अलि कति परिश्रम त गर्नै पर्यो नी । घरको कुकुरलाई सम्बोधन गर्दा पनि स्यो प्रयोग नगरीन त त्यसै सिक्न कहाँ सकिएला र । मैले यहाँ कुकुर भनि होच्याएको भने होइन है फेरि कुकुरहरुले मेरो विरोधमा आन्दोलन गर्लान र सडक जाम गर्लान भन्ने पो डर छ त । हुन त मलाई सिक्नुनै छैन भने सरल र कठिन जे भएपनि भर्षेला परोस् । मैले नबुझेको कुरा यति मात्रै हो कि गाऊँघर तिर स्यो भनेर बाख्रा धपाउन सम्बोधन गरेको सुनेको छु गाउँ घर के भन्नु जहाँ वाख्रा पालिन्छन् त्यहाँ स्यो स्यो भन्ने शब्द बहुप्रयोग भएको भेटिन्छ  र त्यही स्योलाई सहरिया नवधनाढ्यले आफन्तलाई सम्बोधन गर्न प्रयोग गरेको किन होला ?

मेरा कुराले कसैको चित्त दुख्ला या कसैको मनमा कोप वढ्ला । जे होस् मैले आफुलाई कुरी कुरी लागेको कुरा पोख्न प्रयास गरें र यसले कसैको अधिकार हनन गरेको जस्तो लाग्दैन ।

अझ मेरो वुझाइमा त उच्च खानदानको दर्शाउन प्रयोग हुने यो स्यो वाख्रा जस्तो सानो जीवलाई सम्बोधन गरिनेबाट खानदनीहरुले सानो शब्दको प्रयोग गरेको देखेर अलि मन अमिलो भएर पो आउँछ मलाई त । यसै ठूलो हुनु नै छ भने किन सानो जीवसम्बन्धि भाषा प्रयोग गर्ने ? अलि ठूलै जीवलाई सम्बोधन गर्ने भाषा प्रयोग गर्दा कसो होला ? जस्तै आँSSई । यो प्रत्यय जोड्दा खाइस्यो को सट्टा खाइआँSSई र आइस्यो को सट्टा आइआँSSई ...... आदि आदि ।

झट्ट हेर्दा यो आँSSइ शब्द अप्ठ्यारो भएपनि यो ठूलै जातको शब्द हो । किनभने भैंसी त वाख्राभन्दा धेरै नै ठूलो हुन्छ । फेरि यो जीव त सवैको जिभ्रो, भान्छाको स्वाद र सुन्दरता पनि भईसकेको छ । मोमो भित्रको होस या सेकुवा, छोइला । यसलाई त मुरी (भुजा) संग पनि ठिक नानाको भट्टिमा तोङ्गवासंग सुकुटीको रूपमा पनि ठीक  । खाजाको रूपमा पनि ठीक खानाको रूपमा पनि ठीक । भोजमा पनि ठीक र एक्लै निरास भएर वस्दा गिलाँस संग पनि ठीक । साथिभाईसंगको जमघटमा पनि ठीक । यस्तो सर्वत्र (अन्यथा अर्थ नलागेमा अहिले आईहारी सवैमा भन्ने बुझ्नुहोला) ब्यापक, प्रख्यात शब्दलाई प्रत्यको रूपमा जोडेर बोल्दा समाजमा कम इज्जत होला र ? यो मेरो सानो सल्लाह मात्रै हो है रिसानी माफ होस् । हाम्रो समाजमा सल्लाह दिन साह्रै सजिलो छ । जस्ले जस्तो अवस्थामा पनि सल्लाह दिइ हाल्छन् । खाली त्यो आफुले प्रयोग गर्न मात्रै अप्ठ्यारो मान्ने मात्रै हुन् । त्यसैले त भनिन्छ गुरु बन्न सजिलो चेला बन्न गाह्रो । यहाँ मैले जे लेखे पनि जे सल्लाह दिएपनि मान्ने नमान्ने त पाठककै अधिकारको कुरा हो । म जस्तो फन्टुसले भनेका कुरा प्रयोगमै ल्याउनु पर्छ भन्ने कहाँ छ र ? मैले आफ्नो फुर्सदको समयमा अलि अपच भएको कुरा ओकलेको मात्रै हूँ । जस्लाई पच्छ उसले खानै पर्छ । जस्लाई पच्दैन उसले कमै खाएको ठीक ।

यस्को प्रयोग त्यति सजिले पनि कहाँ छ र ? अहिले त हजुर्याइंकै भरमा जागिर पचाउने देखि यत्ति बोलेकै भरमा आफु ठूलै ब्यक्ति हूँ भन्ने भ्रम पालेकाहरुले प्रयोग गरिरहेको चलनलाई एक्कासि बदल्न कसैले भन्दैमा हुन्छ र ? हस त है मेरो भाषामा कतै त्रुटी भए सच्याएर पढ्नुहोला र यस सल्लाहबाट साह्रै असह्य भएको भए मनलागे जति सभ्य गालि गर्नुहोला किनभने यस्तो भाषा वोल्नेले असभ्य गाली त कसरी गर्नु है । हस त नमस्कार ।